९ साउन, एजेन्सी ।

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाति कार बम बिस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । ४० जना घाईते भएका छन् ।

काबुलकको पश्चिमी क्षेत्रमा आक्रमणकारीले सिया समुदायलाई लक्षित गरि कार बम बिस्फोट गराएको अफगानिस्तानको आन्तरिक मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आन्तरिक मन्त्रालयका प्रबक्ता नजिब डेनिसले घट्नामा २४ जनाको मृत्यु भएको र ४० जना घाईते भएको पुष्टि गर्दै हताहतीको संख्या बढ्न सक्ने बताएको समाचारमा उल्लेख छ ।

घाईतेलाई उपचारका लागि काबुल अस्पताल पु¥याईएको छ । बिस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन् । घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगानिस्तानमा बिद्रोही समूह तालिवान, आईएस लगायतले हिंसात्मक आक्रमण गर्दै आएका छन् ।

गएको मे महिनामा काबुलमै भएको ट्रक बम बिस्फोटमा परि १ सय ५० बढिको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला ६ महिनामा अफगानिस्तानमा हिंसात्मक घट्नामा परि १६ सय ६२ जनाले ज्यान गुमाएका छन् । जसमध्य २० प्रतिशत राजधानी काबुलका नागरिक छन् ।