२६ पुस, काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित संसद भवननजिकै मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको समाचार छ । व्यस्त समयमा भएको यस विस्फोटनमा परी अन्य ४५ जना घाइते भएका छन् ।

संसद भवनबाट कर्मचारीहरु बाहिर जाने द्वारहरुमा भएको यस दुई बम विस्फोटको तत्कालै तालिवानी आतङ्ककारी समूहले जिम्मा लिएका छन । संसदको बाहिर भएको यस पहिलो बम विस्फोटमा परी अज्ञात सङ्ख्यामा निर्दोष कामदारको मृत्यु भएको संसद भवनका घाइते सुरक्षा गार्ड जाबीले एएफपी समाचार समितिलाई बताएका छन् । पहिलो विस्फोट पैदल हिँडिरहेको आत्मघाती आक्रमणकारीले गराएका थिए ।

afghan-parliament-attack

संसद भवनको सडकपारी पार्किङ गरेर राखेको अर्को एक कारबम विस्फोट भएको जाबीले थप जानकारी दिएका छन् ।

यस दुई वटा बम विस्फोटमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै ४५ जना घाइते भएका तीमध्ये प्रायः संसद भवनको नै कर्मचारी रहेका नाम नबताउने सर्तमा एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

अर्का एक सुरक्षा अधिकारी यस विस्फोटनहरुमा परी दर्जनौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७० भन्दा बढी घाइते भएका जानकारी दिएको स्वास्थ्य मन्त्रालयका एक प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । रासस/एएफपी