४ कात्तिक, काठमाडौं । मध्य दशैंमा ओरालो लागेको सुनको भाउ अफ सिजनमा भने बढ्न थालेको छ । बजारमा सुनको भाउ हिजोको तुलनामा आज तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लोकमान महाअभियोगः बल देउवाको कोर्टमा

हिजो तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । मध्य दशैंमा घटेर ५६ हजार रुपैयाँसम्म आएको सुन कात्तिक लागेसँगै बढ्न सुरु गरेको हो ।

निषेधको राजनीतिले विद्रोहकोरुप लिने ज्ञानेन्द्रको चेतावनी

चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज पनि तोलाको ८ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।