एजेन्सी । बलिउडका मिस्टर परफेक्टनिस्ट आमिर खान चाँडै गायब हुने भएका छन् । केही दिनका लागि आमिर यस्तो ठाउँमा गएका छन् जहाँ कसैले खोज्न नसकुन् ।

aamir-khan

हिजोआज, आफ्नो फिल्म ‘दंगल’को सफलता मनाइरहेका आमिर खान अब अर्को प्रोजेक्टको तयारीमा लागेका छन् । अर्को फिल्मको मुख्य भूमिका निर्भाह गर्ने क्रममा आमिर गायब हुने भएका हुन् । यसका लागि आमिरलाई एकदमै शान्ति चाहिने र उनी कसैको हस्तक्षेप चाहँदैनन् । यसै कारण उनी एक अपरिचित शहरमा गएका छन् ।

‘दंगल’को रिलिजपछि आमिर निकै व्यस्त बनेका छन्, जसका कारण उनी आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दोस्ता’का लागि समय निकाल्न पाइरहेका छैनन् । तर, अब उनी मिडिया तथा अन्य झमेलाबाट टाढा रहेर एक्लै बिताउँने भएका छन् ।

खबरअनुसार, आमिर आफ्नो फिल्मका लागि क्याम्पमा समय बिताइरहेका छन्, र यो क्याम्प हिन्द महासागरको दक्षिण–पश्चिमी कुनै ठाउँमा छ र फिल्मको सुटिङ पनि त्यही गरिने बताइएको छ ।