एजेन्सी ।

अमेरिकाको हवाई राज्यको होनलुलु शहरले बाटो काट्दा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

सन्देश आदानप्रदान गरिरहेको वा आफ्ना मोबाइल सामग्रीहरु हेरिरहेको अवस्थामा सडक यात्रु फेला परे १५ देखि ३५ डलरसम्म जरिबाना गर्ने कानून हवाई राज्यले कार्यान्वयनमा ल्याउन लागेको हो ।

उक्त प्रतिबन्धको दोहो¥याएर उल्लंघन गर्नेहरुलाई अझ बढी जरिबाना गराइने बताइएको छ । होनलुलुका मेयरले हस्ताक्षर गरेको उक्त कानून उक्त राज्यको राजधानी र ओहाउ भन्ने टापुमा कार्यान्वयन गरिनेछ ।

सडक दुर्घटना नियन्त्रण गर्ने लक्ष्य राखेर आगामी अक्टोबरबाट उक्त नियम लागु गर्न लागिएको हो । अमेरिकाभर सन् २००० देखि २०११ सम्म भएका मोबाइल फोन प्रयोग जोडिएका सडक दुर्घटनामा ११ हजार भन्दा बढी मानिस घाइते भएका थिए ।