काठमाडौँबाट पोखरा पुग्न साधारण बसमा सामान्यतया ६ घण्टा लाग्छ, अनि जहाजमा ३५ मिनेट लाग्छ। तर कहिल्यै कल्पना गर्नुभएको छ कि काठमाडौँबाट पोखरा मात्र १० मिनेटमा पुग्ने? हो, विश्वमा प्रविधिले ठुलो फड्को मारिसकेको छ।

अमेरिकाको खरबपति ‘एलन मस्क’को एउटा योजना छ जस्को नाम ‘हाइपरलुप हाई-स्पिड ट्रान्जिट सिस्टम’ (Hyperloop high-speed transit system) हो। मस्कको कम्पनी ‘स्पेस-एक्स’ (SpaceX)को यो हाइपरलुप एउटा यातायातको साधन हो, जुन ध्वनिको गतिमा यात्रा गर्छ। यो योजना प्रस्तावित प्रक्रियामा नै छ जसको मद्दतले मानिसलाई ७४५ माइल प्रति घण्टा (१२०० किलोमिटर प्रति घण्टा)मा यात्रा गराउँदछ।

hyperloop pod (1)

यो योजनालाई एलन मस्कले सन् २०१३ मा नै खुलासा गरिसकेका थिए। यो हाइपरलुप पड (hyperloop pod) एक लामो ट्युब हो जसमा भ्याक्युम बनाउनको लागि त्यहाँबाट हावाका अणुहरू हटाइएका हुन्छन्। यसलाई जमिनबाट माथि उठाइएको हुन्छ, ताकि यसलाई भू-कम्प र वातावरणीय प्रकोपबाट खतरा नहोस्। यात्रुहरू उक्त पडमा बस्नेछन्, त्यसपछि त्यसलाई ठूलो शक्तिशाली चुम्बकको माध्यमबाट ध्वनिको गतिमा कुदाइन्छ। पडहरू थरी-थरीका हुन्छन्, एकजना मात्रै बस्न मिल्ने देखि धेरै जना बस्न मिल्ने सम्मको पड पनि हुन्छ।

hyperloop pod (5)

हाइपरलुप पड, जसले ६ जना देखि ८ जना यात्रु बोकेको हुन्छ, प्रत्येक ३० सेकेण्डमा स्टेसनबाट छुट्नेछ र यसको टिकेटको मूल्य करिब २० डलर लाग्नेछ।
लस एन्जलस देखि सान फ्रान्सिस्कोसम्म यसको लाइन बनाउन करिब १६ खर्ब डलर लाग्ने मस्कको अनुमान छ भने, उनका आलोचकहरूले भने करिब १०० खर्ब सम्म लाग्न सक्छ भनेर अनुमान गरेका छन्।

hyperloop pod (6)

अहिले स्पेस-एक्स कम्पनीले उक्त हाइपरलुप पडको डिजाइनको लागि प्रतियोगिता आयोजना गरेको छ, जसमा विश्वका कयौँ देशका इन्जिनियरका समूहहरूले भाग लिन पाउनेछन्। उक्त प्रतियोगितामा सहभागीहरूले १ वर्षको समय पाउनेछन् र कम्पनीले भनेको अनुसार नै पडको डिजाइन गर्नुपर्ने हुन्छ।

hyperloop pod (2)

hyperloop pod (3)

मस्क भन्छन्- “यसमा हाम्रो कम्पनीको इन्जिनियरहरूले पनि डिजाइन तयार पार्नेछन् तर नतिजाबाट बाहेक गरिनेछ। सबै सफल भयो भने अबको ५ वर्षभित्र संसार भरि ‘हाइपरलुप हाइस्पिड ट्रान्जिन सिस्टम’बाट मानिसहरू ध्वनिको गतिमा यात्रा गर्नेछन्।”

कसरी चल्दो रहेछ त हाइपरलुप पड, भिडियो हेर्नुहोस्-