यस्ता कयौ अभिनेत्री छन्, जसले बलिउडमा आफ्नो पहिचान बनाएर सफलता पाए । अभिनयमा मात्र नभई यी अभिनेत्रीहरुले व्यवसायमा पनि सफलता पाएका छन ।  यस्ता छन आफ्नो अभिनय यात्रासंगै बिजनेस गर्ने १० चर्चित अभिनेत्रीहरु ।

माधुरी दीक्षित -बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित लामो समय सम्म फिल्म क्षेत्रमा देखा परिनन् । त्यसपछि एकैचोटि सन् २०१४ मा फिल्म गुलाव ग्यांगमा देखा परेकी माधुरीले यस बाहेक अनलाईन कार्यक्रम डान्स विद माधुरी चलाउदै आएकी छिन् ।

शिल्पा शेट्टी -आफ्नो फिल्मी करियरको दौरान हिट फिल्म दिएकी बलिउड अभिनेत्री शिल्पा पछिल्लो समय ठुलो पर्दामा देखा परेकि छैनन् । त्यसपछि उनले सन् २०१५ देखि आफ्ना पति राजकुन्द्रासंग मिलेर आफ्नो छोराको नाममा मोवाइल कम्पनी लन्च गरिन् । योसंगै मुम्वईमा शिल्पाको आयोसिस नामक स्पा पार्लर र क्लव पनि छ । यसअघि शिल्पाले द ग्रेट इन्डियन डाइट नामक किताव लेखेकी थिइन् । साथै शिल्पाले आफ्नो योगा डिभिडि पनि लन्च गरिसकेकी छिन् ।
प्रियंका चोपडा -बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडमा मात्र नभएर हलिउडमा समेत आफ्नो पहिचान बनाइसकेकी छिन् । योबाहेक प्रियंकाको पर्पल पेबल पिक्चर्स नामको आफ्नै प्रोडक्सन हाउस छ । यसको मुख्य उद्देश्य थोरै बजेटमा फिल्म बनाउनु र नयाँ ट्यालेन्टेड कलाकार र निर्देशकलाई ठाउँ दिनु हो । यसमार्फत भोजपुरी र मराठि फिल्म निर्माण गर्ने गरिन्छ ।
अनुष्का शर्मा- अभिनेत्री अनुष्का शर्माको क्लीन स्लेट फिल्म्स नामक प्रोडक्सन हाउस छ । यसमार्फत बनेको पहिलो फिल्म सन् २०१५ मा रिलिज भएर चर्चा कमाएको थियो । यस्तै सन् २०१७ मा रिलिज भएको आफु अभिनित फिल्म फिल्लौरी पनि अनुष्काकै उत्पादन हाउसबाट बनेको फिल्म हो ।

प्रिति जिन्टा -अभिनेत्री प्रिति किंग्स एलेभेन पंजावकी ओनर हुन् । योसंगै उनले पिजेडएनजेड मिडिया नामक प्रोडक्सन हाउस पनि लन्च गरेकी छिन् ।

susmita sen in nepal
सुस्मिता सेन -मिस युनिभर्स विजेता तथा अभिनेत्री सुस्मिता सेनले फिल्मबाट धेरै चर्चा नकमाएपनि मुम्बईमा ‘बंगाली माशि किचन ‘नामक विजनेश चलाएर भने दह्रो आम्दानी गरिरहेकी छिन् । यसबाहेक सुस्मिताले ‘तन्त्रा इन्टरटेनमेन्ट ‘नामक प्रोडक्सन हाउस समेत चलाउदै आएकी छिन् ।
kareena kapoor

करिष्मा कपुर- आफ्नो समयमा हिट फिल्म दिएकी करिष्मा दुई सन्तानकी आमा हुन् भने यिनले आफ्ना पतिसंग डिभोर्स गरिसकेकी छिन् । करिष्माले वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन् ।
दीया मिर्जा -धेरै फिल्ममा अभिनय गरिसकेकी तर खासै चर्चामा आउन नसकेकी नायिका दीया सामाजिक कामका लागी अग्रसर रहने महिला हुन् । दीयाले आफ्ना विजनेस पार्टनर तथा पतिसंग मिलेर वर्न फ्रि नामक प्रोडक्सन हाउस चलाउदै आएकी छिन् ।
विपाशा वासु अभिनेत्री विपाशाले द लोवल लाइफ नामक लाइफस्टाइल ब्रान्ड चलाउदै आएकी छिन् । यस विजनेसमा रितिक रोशनकी पत्नि सुजेन र मलाइका आरोडा पनि सामेल छन् ।
मनिषा कोइराला -लामो समयसम्म ठुलो पर्दामा नदेखिएकी मनिषा कोइराला पुन फिल्मी क्षेत्रमा फर्किन लागेकी छिन् । मनिषाले सन् २००४ मा आफ्नो प्रोडक्सन हाउस मार्फत फिल्म उत्पादन गरेकी थिइन् । तर ४ करोड लगानीमा बनेको फिल्मबाट उनले रकम असुल्न नसकेपछि २.५ करोड घाटा बेहोर्नु परेको थियो ।

यो पढ्नुस्

पत्निभन्दा कान्छा छन बलिउडका यी १० सेलेव्रेटी (फोटो फिचर)

बाहिर नआएका बलिउड स्टारका दुर्लभ तस्विर (फोटो फिचर)

एकभन्दा बढि महिलासँग डेट गरेका बलिउडका १० कलाकार

यी हुन् बलिउडका धनी व्यक्तिकी धनी श्रीमती, श्रीमानको २ गुणा बढी कमाई गर्छिन्