२४ पुस, एजेन्सी।

नयाँ बर्षको अवसरमा भारतीय नायक अमिताभ बच्चनले आफ्नो शुभचिन्तकका लागि खुशीको खबर दिएका छन् । अब अमिताभ बच्चनको जो कोही शुभचिन्तकले उनको घरमा गएर आरामले खाना खान पाउने र उनीसँग भेट्न पाउने अवसर पाउँनेछन् ।Amitabh-Bachchan-Highest-Paid-Indian-Actor

‘वन स्टार हाउस पार्टी’ नामक खाना बनाउँने(सेफ) एक समूहले अमिताभको घरमा ‘पप–अफ रेष्टुरेन्ट’ अर्थात् भोजनालय सञ्चालन गर्ने भएका छन् । तर, यसका लागि केही पैसा भने अवश्य खर्च गर्नुपर्ने हुन्छ ।

अमिताभको घरमा खाना खाने इच्छा भएकाले लाइनमा उभिनु पर्ने हुन्छ, जसमा सबैलाई एउटा–एउटा रिजर्भ टेबल दिइनेछ । यसका लागि करिब ८ हजार भारु खर्च गर्नुपर्ने हुन्छ । यो भोजनालय १७ जनवरीदेखि २१ जनवरीसम्म खुल्ने छ ।