एजेन्सी । चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’को अर्को सिजन चाँडै सुरु हुँदैछ । तर, यस सिजनको कार्यक्रम होस्ट शाहरुख खान वा अमिताभ बच्चन नरहने बताइएको छ । यस शो को होस्टको रुपमा तेस्रो व्यक्तिलाई ल्याइने बताइएको छ ।

खबरअनुसार, आगामी सीजनका लागी होस्ट रणवीर कपूर रहने छन् । जसले अमिताभ बच्चनलाई रिप्लेस गरी रियालिटी शोमा इन्ट्री गर्नेछन् । ‘कौन बनेगा करोडपति’ शो सन् २००० बाट प्रसारण सुरु भएको थियो । पहिलो र दोस्रो सीजन अमिताभ बच्चनले होस्ट गरेका थिए भने तेस्रो शाहरुख खानले होस्ट गरेका थिए ।

यसपछि, सिजन ४देखि ८ सम्म फेरि अमिताभ बच्चनले नै होस्ट गरे । आगामी सिजनका लागि भने रणवीर कपूरलाई अनुवन्धित गरिएको छ । हाल रणवीर संजय दत्तको जीवनीमा आधारित फिल्मको तयारीमा जुटेका छन् ।