एजेन्सी । हालै एक किताब सार्वजनिक समारोहमा बोल्ने क्रममा बलिउडका महानायक अमिताभ बच्चनले धेरै रमाइला प्रसंग कोट्याए । एक पटक निर्माता तथा निर्देशक मनमोहन देसाईले ‘अमर अकबर एन्थनी’ फिल्मको प्रस्ताव लिएर अमिताभ कहाँ गए, तब उनले देसाईलाई भने ‘तिमी पागल भयौ ?’ किनकि त्यस समयमा ‘छोटी बहु’, ‘बढी बहन’ जस्ता फिल्म चल्थे, यस्तो फिल्म कसले हेर्छ भने ?’ भनेका थिए ।

amitabh_bhachan

उक्त फिल्मको एक सुटिङ चलिरहेको थियो, जसमा तीन दाजु–भाईले एक महिलालाई रगत दिइरहेका थिए । यस्तो दृश्यको छायांकन देखेर अमिताभले भने, ‘चिकित्सा इतिहासमा यस्तो अहिलेसम्म भएको थिएन होला ।’ तर, मनमोहनले गाली गर्दै अभिताभलाई ‘तिमी हेर्दै जाऊ’ मात्रै भने । जब फिल्म रिलिज भयो धेरैले मन पराए र मलाई फिल्मप्रति त्यति जानकारी नभएको प्रमाणित भएको थियो ।

amitabh

‘वन्स अपन अ टाइम इन इन्डिया–अ सेन्चुरी इन्डियन सिनेमा’ किताबको सार्वजनिक समारोहमा अमिताभले आफ्नो फिल्मी यात्राका धेरै रोचक घटना सुनाए । प्रविधिको विकास र समयको मागसँगै फिल्मी उद्योगले पनि निकै फड्को मारेको बताए, जसमा प्रत्येक समयअवधिमा बनेका हरेक फिल्मको आफ्नै महत्व रहेको बताए ।

हालै, ‘पिंक’ फिल्ममा देखिएका अमिताभले महिला हिंसाका बारेमा पनि बोले । उनले ‘पिंक’ फिल्मलाई आधार बनाउँदै भने, ‘महिलाले जब ‘नाई’ भन्छिन् तपाई रोकिनुपर्छ, चाहे उनी तपाईकी पत्नी होस् वा साथी ।’