अमिलो पिरो कसलाइ मन नपर्ला र? पेट पोल्छ भनेर नखाने तपाइ हामी पनि छौ मन नै पर्ने भएता पनि। तर स्पाइसी खानेकुराहरुले जिब्रोको टेस्ट बडहरुलाइ पनि सक्रिय बनाउने गर्दछ, साथै स्वादिलो पनि बनाउने गर्छ खानालाइ।

स्पाइसी खाने कुराका आफ्नै फाइदाहरु पनि छ जुन सायदै तपाइलाइ थाहा नहोला। विशेष गरि खुर्सानीले पेट पोल्छ भन्ने हामी सबैको लागि नौलो कुरा हुन सक्छ, स्पाइसी खानाको फाइदाहरु।

  • तौल घटाउछः स्पाइसी खानेकुराहरुले तपाइको तौल घटाउन मद्धत गर्छ। एक रिसर्चको अनुसार खुर्सानीमा हुने ‘क्यापसाइसीन’ नामक कम्पाउण्डको ‘थर्मोजेनिक’ प्रभावले शरीरमा केही बढी क्यालोरी शक्ति खर्च गराउछ। फलस्वरुप तपाइको शरिरको केही तौल घट्ने हुन्छ।

Spicy Food

  • क्यान्सरको रोकथामः रिसर्चले निकालेको निचोड  अनुसार खुर्सानीमा हुने ‘क्यापसाइसीन’ ले क्यान्सर कोषहरु मार्न सक्छ। यसको साथै रुघा लागेको बेलामा पनि खुर्सानीले रुघा बिरुद्ध काम गर्न शरिरलाइ सहयोग गर्छ।

  • मुटुको स्वस्थताः खुर्सानीले कार्डियोभास्कुलर खतराबाट बचाउन मद्धत गर्छ। LDL (बिग्रेका कोलस्टोर) ले शरिरलाइ गर्ने हानी कम गर्न सहयोग गर्छ खुर्सानीले। साथै मुटुको जलनलाइ पनि कम गर्छ खुर्सानीमा पाइने ‘क्यापसाइसीन’ले।

  • रक्तचाप कम गर्छः विभिन्न अध्ययन अनुसार खुर्सानीमा पाइने विभिन्न तत्वले रक्तचाइ पनि कम गर्छ। रक्तनलीलाइ रिल्याक्स गराउछ खुर्सानी खानाले।

  • रिस घटाउछः स्पाइसी खानेकुराले सेरोटोनीन नामक हर्मोनको उत्पादनमा सहयोग पुर्याउछ। यो हर्मोनोले डिप्रेशन कम गराउछ।

यसको साथै खुर्सानीमात्र को पनि धेरै फाइदाहरु रहेको छ। इतिहास बोकेको खुर्सानी क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाए पश्चात स्पेनमा भित्रीएको थियो। स्पेन हुँदै विश्वमा फैलिएको खुर्सानीको २०० भन्दा बढी प्रजाती पाइन्छ। पहेँलो, हरियो, रातो, कालो आदी रंगमा पाइने खुर्सानी भिटामीन सी को लागि राम्रो मानिन्छ।

सुन्तला भन्दा करिब ७ गुणा बढी भिटामिन सी पाइन्छ खुर्सानीमा। खाना पचाउन देखि माइग्रेनलाइ पनि फलदायी मानिन्छ खुर्सानी। शरिरका तन्तुहरुलाइ आराम पनि गराउछ यसले। भिटामिन ए र ई को साथै बेटा-क्यारोटिन, फोलीक एसिड र पोटासियमको पनि राम्रो स्रोत हो खुर्सानी।

पिरो खान्न भन्नु भन्दा अगाडी यसको फाइदालाइ पनि विचार गरेर अगाडी बढ्औ। कहिले कहिले मन नपर्ने कुराले पनि राम्रो नजिजा दिने गर्दछ।