अमेरिकाको क्यालिफोर्निया स्थित एक सडक तीन दिनको भित्र तहसनहस भएको छ। पहिरोको कारण सडकको स्थिति यस्तो हुनसक्ने भएको बताइएपनि, आधिकारिक रुपमा यसको पुष्टी भइसकेको छैन।

सान्टा क्ल्यारिटाको भास्क्वेज क्याननको सडक खण्ड अचानक फाटेको हो। सडकमा ठुला ठुला चिरा परेका छन्, धस्सिएको छ अनि कतै ठुला खाल्डा परेका छन्। सडकको हालत कुनै हलिउड फिल्ममा लागि तयार गरिएको सेट जस्तो छ।

california road blocked (8)

यसरी प्राकृतिक रुपमै सडको बेहाल हुँदा स्केटबोर्ड र डर्ट बाइक चढ्नेहरु मौकाको फाइदा उठाउँदै सो ठाउँमा आफ्नो कला देखाउन प्रहरीले चेतावनी दिदाँ दिदै पनि पुगेका छन्। नोभेम्बर १९ मै अधिकारीहरुले सडक बन्द गराएपनि हेर्न र स्टन्ट गर्न सो ठाउँ जाने मानिसमा कमी आएको छैन।

california road blocked (2)

सडकको कुनै हिस्सा १५ फिट सम्म अग्लो भएको छ। सडको करिब ६० मिटरको खण्डमा यस्तो देख्न सकिन्छ। सो इलाकामा न त पानी परेको थियो न भुकम्पनै आएको थियो। अधिकारिहरु छक्क परेका छन् र कारणबारे खोजबिन हुँदैछ।

थप तस्बिर र भिडियो हेर्नुहोस्,

california road blocked (7) california road blocked (6) california road blocked (5) california road blocked (3) california road blocked (1) california road blocked (4)