११ असार, फ्लोरिडा अमेरिका ।

अमेरीकामा रहेको नेपाली समाज एनआरएनको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । सन् २०१७ देखी २०१९ सम्मको कार्यकालका लागि हुनु पर्ने समयभन्दा २ महिना ढिलै भएपनि नयाँ कार्यसमितिको अधिवेशन यही जुलाई महिनाको तेस्रो साता हुने लगभग पक्का भएको छ ।

चुनाब हुने निश्चित भएपछि बिभिन्नपदका आकांक्षी पनि विभिन्न माध्यममार्फत प्रचार प्रसारमा जुटेका छन् । बर्तमान कार्यसमितिको समय मे महिनाको अन्त्यमा सकिए पनि अर्को कार्यसमितीका लागि निर्वाचन हुन ढिला हुने भएकोले निर्वाचन कमिटीले अहिलेकै कार्यसमितिलाई नै कामचलाउको रूपमा काम गर्न निर्देशन दिएको थियो ।

यसपटक पनि हालका अध्यक्ष डा. केशब पौडेलले नै अध्यक्ष पदमा उमेद्दवारी दिएका छन् । यता एमालेलेको भातृ संस्था प्रवासि मन्चले भने आफ्नो छुट्टै टिमनै बनाएर चुनाबी मैदानमा उत्रिएको छ ।

उनीमाथि एनआरएनमा अघिल्लो पटक पराजित भई अदालतमा मुद्दा हाल्न पुगेका केही असन्तुष्ट ब्यक्तिहरूलाई समेटी गौरीराज जोशीको नेतृत्वमा अघि बढ्न खोजेको आरोप लागेको छ ।

एनआरएनको बिधानमा अध्यक्षमा उठ्नको लागि एक कार्यकाल काम गरेको हुनु पर्ने भनिएको छ तर जोशीले एक कार्यकाल काम नगरेको पाइएको छ । तर उक्त बिषयमा जोशी भने आफुलाई यो संस्थामा डा अम्बिकाले मनोनित गरेकोले आफू अध्यक्षका लागि योग्य भएको बताउँछन् ।

अध्यक्षका प्रत्यासीहरू कृष्ण पोख्रेल, डिल्ली भट्टराई, बन्दना कोईराला र राम सि पोखरेलले अध्यक्षमा डा पौडेललाई नै समर्थन गर्ने बताएका छन् भने रबिना थापा पनि अध्यक्षको लागि मैदानमा उत्रिएकी छिन् ।