२९ साउन, एजेन्सी ।

अमेरिकाको भर्जिनिया राज्यको सार्लोट्स्भीलमा गोरा जातिको सर्वोच्चताको माग गर्ने समूह र विपक्षीबीच तनाव चर्किएपछि भड्किएको हिंसामा एक जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।

भर्जिनियाका गभर्नर टेरी म्याक्अलिफले भने सो समूहलाई आन्दोलन छोडेर फर्कन आग्रह गरेका छन् । गभर्नर टेरीले गोरा जातिको सर्वोच्चताको माग गर्ने समूहका कारण अमेरिकीलाई दुःख पुगेको भन्दै उनिहरुका लागि अमेरिकामा कुनै स्थान नहुने बताए ।

गभर्नर टेरीले गोरा जातिको सर्वोच्चता चाहाने ‘ह्वाइट सुप्रिमेसिस्ट’ र नव नाजी समर्थक आफ्नो विरोधीसँग भिडन्तमा उत्रिएलगत्तै आफ्नो प्रतिक्रिया दिएका हुन् ।

गोरा पक्षिय प्रदर्शनका विरोधीले प्रदर्शनकारीहरुको भिड रहेको स्थानमा तीव्र गतिमा कार कुदाएका थिए । त्यसक्रममा १९ जना घाइते भएको बताइएको छ । कारका चालकलाई भने पक्राउ गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘असहिष्णु व्यवहार’को भर्त्सना गरेका छन् । ट्रम्पका आलोचकले गोरा जातिको सर्वोच्चता चाहाने ‘ह्वाइट सुप्रिमेसिस्ट’ विरुद्ध आवाज उठाउन ट्रम्पलाई आग्रह गरेका छन् ।