९ चैत, हेरिसवर्ग, पेन्सलभेनिया ।

अमेरिकामा पनि नेपालीहरुले धुमधामका साथ होली मनाएका छन् । अमेरिकाको पेन्सलभेनियास्थित हेरिसवर्गमा बस्ने नेपालीहरुले धुमधामका साथ होली मनाएका हुन् ।

हेरिसवर्गमा रहेका नेपाली युवाहरुको पहलमा होली मनाइएको हो । प्रवासमा रहेर पनि नेपालका धर्म संस्कृति प्रवर्धन गर्नका लागि आफूहरुले होली आयोजना गरेको कार्यक्रममा सहभागी विश्व साइकल यात्री सौरव दाहालले नेपाली हेडलाइन्सलाई जानकारी दिए ।

holi in USA 2
हेरिसवर्गमा बस्ने खगेन घिमिरेले कार्यक्रम आयोजनाका लागि प्रमुख पहल लिएका थिए । कार्यक्रमको सञ्चालन मञ्जु खड्का र जयामुनी सिवाकोटीले गरेका थिए ।

holi in USA 5

नेपाली संस्कृति, परम्परा र रीतिरिवाजलाई जहाँ सुकै रहेर पनि निरन्तरता दिँदै नयाँ पुस्तालाई समेत नेपालीपनको आभास दिलाउने मुख्य उद्देश्यले हेरिवर्ग युथले नेपालीहरूको चाड होली मनाएको हो ।

holi in USA 4

कार्यक्रममा समाजमा बिशिस्ठ योगदान पुर्याउने व्यक्तिहरूलाई उक्त क्लबले सम्मान पनि गरेको थियो । उक्त कार्यक्रममा वन लेग डान्सर रस्मी बस्नेत खरेलले ‘माइती घर’को नृत्य गरेकी थिइन भने रमेश कंडेल तथा जितेन्द्र गिरीले गीत गाएका थिए ।

holi in USA 6

विगत ४ वर्ष यता निक्कै सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आएको यस संस्थाले गत वैशाख १२ गते नेपालमा गएको भूकम्पका कारण पीडित बनेकाहरुलाई समेत रकम सङ्कलन गरी रेडक्रस मार्फत सहयोग गरेको थियो ।

नेपाली मन छुने गीत (भिडियो सहित)

नेपालको भुकम्पले अमेरिकामा बस्ने नेपालीको पनि मन रोयो, राहत नेपाल पठाउँदै