काठमाडौं, ५ चैत । अमेरिका भ्रमणमा रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई कुनै झमेला नरहेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डविरुद्ध उजुरी परेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ को सर्कुलर जारी गरेको छ । यस्तो सर्कुलर जारी गरेपछि अमेरिकाका कुनै पनि सुरक्षा निकायले प्रचण्डविरुद्ध अनसन्धान गर्न सक्दैनन् । चौतर्फी घेराबन्दी गर्न खोजिएपनि ‘नो इन्भेष्टिगेशन’ को सर्कुलरले प्रचण्डलाई कुनै कानुनी झमेला नपर्ने उनको सचिवालयले दाबी गरेको छ ।

अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउन बिरलै मात्र यस्तो सर्कुलर जारी हुने गरेको छ ।

केन्टुकी स्टेट युनिभर्सिटीका रिसर्च यसोसियट डाक्टर तिलक बहादुर श्रेष्ठले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै संघीय जाँच ब्युरोमा उजुरी दिएका थिए । अमेरिका जानुअघि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भ्रमणका क्रममा कुनै झमेला नहुने विश्वस्त पारेका थिए । पत्नी सिता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका गएका हुन् ।