५ कात्तिक, बेइजिङ(चीन) ।

चीन भ्रमणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको चर्चा गर्दै आफ्नो मुलुक अमेरिकासँगको सहकार्यलाई अन्त्य गरेको घोषणा बिहीबार गरेका छन् ।

प्रचण्डलाई देउवाको जवाफ–एक्लै केही गर्न सक्दिन भनेपछि…

“म अमेरिकासँग रहँदै आएको सहकार्यबाट ‘पृथक’ भएको घोषणा गर्दछु,” फिलिपिन्सका राष्ट्रपति डुटेर्तेले एक कार्यक्रमबीच बताए।

Photo:AP

Photo:AP

डुटेर्तेले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई तियानमिनस्थित स्क्वाएर ग्रेट हल अफ द पिपुल्समा भेटेपछि अमेरिकासँगको सहकार्य अन्त्य भएको घोषणा गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सी र फिलिपिन्सका राष्ट्रपति डुटेर्तेबीच आगामी दिनमा दुई छिमेकीबीचको विश्वासलाई थप मजबुत एवम् मैत्रीपूर्ण बनाउँदै अघि बढ्ने र सामुद्रिक सिमानामा देखिने विवादलाई वार्ताद्वारा कम गर्दै जाने विषयमा छलफल भएको फिलिपिन्सले बताएको छ ।

लोकमान काण्डमा भारत घुस्यो, दुताबासबाट आयो अर्कै प्रस्ताव

यसैबीच अमेरिकी अधिकारीले भने फिलिपिन्सद्वारा अमेरिकासँगको सहकार्य अन्त्य गर्ने सम्बन्धमा कुनै औपचारिक पत्राचार नभएको जनाएको छ । रासस÷सिन्ह्वा