१५ मंसिर, काठमाडौं । युएइमा रहेको नेपाल पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ ।

युएइको आवुदावीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभर एक बलमा ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य अमेरिकाले २२ ओभर ३ बलमा पाँच विकेट गुमाएर भेट्टायो ।

नेपालका ओपनर दिलिप नाथ र सागर पुन सस्तैमा आउट भए । त्यसपछि अरु १० रन बनाउँदा थप दुई विकेट गुमाएको नेपालले ४० रनमा पाच विकेट गुमायो ।

मुख्य खेलाडी पारस खडका, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनलाई बेन्चमा राखेको नेपाल शरद भेषावकरको कप्तानीमा मैदान उत्रिएको थियो ।
। नेपालका लागि दिलिप नाथले १६ रन बनाउदा दिपेन्द्र ऐरीले १२ कुशल भुर्तेलले १० रन बनाए । नेपालले अर्को अभ्यास खेल आइतबार केन्याविरुद्ध खेल्नेछ ।