विश्वमा सबैभन्दा शक्तिशाली मनिने देश अमेरिका सबै कुराले सम्पन्न छ । विज्ञान प्रविधिले सबैभन्दा सम्पन्न रहेको अमेरिकासंग खतरनाक हातहतियारहरु रहेका छन् । हरेक कुरामा आफ्नो शक्ति प्रदर्शन गर्न अमेरिका कहिल्यै पछि पर्न चाहदैन् । अमेरिका पछि नहट्नुको एउटै मात्र कारण हो, आफुुसंग रहेका हतियार । जोसंग विश्व एकैछिनमा ध्वस्त पार्ने अणु वम लगायतका न्युक्लियर हातहतियारहरु रहेका छन् । जसले विश्वयुद्धको समयमा विभिन्न भुमिका खेलेको थियो ।

रुसको नयाँ हतियारः पुरै बेलायत-फ्रान्स र आधा अमेरिका ध्वस्त पार्न सक्छ

१. जिवियु २८ लेजर गाइडेड बंकर
यस हतियारको अर्को नाम डिप थ्रोट हो । ठुल्ठुला ट्यांक विस्फोट गराउनमा प्रयोग गरिने यो हतियार अमेरिकाले  इजरायललाई बेचेको छ । यसको रेन्ज यति तिव्र छ कि, ५ माइलको दुरीमा सिधा निशाना लगाउन सक्छ । साथै यो कंक्रिट जमिनमा भने २० मिटरको गहिराई सम्म छेड्न सक्छ । यसको विस्पोट क्षमता ६३० एलिविज रहेको छ ।
२. एमके १९ अटोमेटिक ग्रिनेड
यो यति धेरै खतरनाक हतियार हो कि जसलाइ इराक युद्धपछि अमेरिकाले प्रतिबन्ध गरिदिएको थियो । यसको वास्तविक रेन्ज १४०० मिटर सम्म रहेको छ । ४० देखि ५३ मिमि राउण्ड रहेको यस हतियारको ७३ पाउण्ड रहेको छ ।
३. एम १ अव्राहम ट्यांक
इराक तथा फल्लुजाहको हमलापछि यो हतियार प्रयोगमा ल्याइएको छैन । ६७ टन तौल क्षमता रहेको यो हतियारको गति २५ सेमि देखि ३५ मिटर प्रति घण्टा रहेको छ ।
४. वोइङ एफ २२ रेप्टर
यसको तौल ३२ टन रहेको छ । युद्धमा प्रयोग गरिने यो विमानमा एउटा मात्रै सिट, ट्विन इन्जिन रहेको हुन्छ । यो हतियार पहिलो पटक १९९७ सेप्टेम्वर ७ मा प्रयोग गरिएको थियो ।
५. एम ७२ लाइट एन्टी आर्मर वेपन
यो हतियार ट्यांकमा हावाको चापका कारण आफै चल्छ । यसको आकार छोटो हुन्छ, जुन शहरी क्षेत्रमा लडाईको समयमा प्रयोगमा ल्याइन्छ । यसलाई युद्धको समयमा एन्टीट्यांक क्षेत्रमा प्रयोग गरिन्छ । यसले ६०० फिट गहिराई सम्म निशाना लगाउछ ।
६. मार्टिन एफ ३५
युद्धको समयमा यो हतियारलाई विश्वको वेस्ट फाइटर मानिन्छ । २५ टन तौल क्षमता रहेको यो हतियार वि ६१ न्युक्लियर वेपनको सहायताले उड्न सक्छ । एकदमै टाढाको दुरीसम्ममा हमला गर्न सक्ने यस हतियारमा १८० राउन्ड तोप लोड गरिएको हुन्छ ।
७. प्यालेडिन मोवाइल होवित्जर
यो हतियार पनि एकदमै आत्मघाती मानिन्छ । यो हतियार जुनैबेला, कुनैपनि देशमाथी हमला गर्न सक्षम हुन्छ । २७ टन तौल क्षमता भएको ५० क्याविलर क्षमताको मेसिन गनबाट बनेको यो हतियार अहिलेसम्मको सबैभन्दा राम्रो उत्पादन मानिन्छ ।
८. वेल एएच १ कोब्रा
अमेरिकी सेनाले सबैभन्दा बढि रुचाइएको ३ र्यापिड तोप, हायड्रा मिसाइलबाट निर्माण गरिएको यो हतियारको मुख्य विशेषता हो । यो विमानमा २ पाइलट र १ जना हतियारकर्मी रहेका हुन्छन् । यस विमानको गति १७७ माइल प्रति घण्टा रहेको छ ।
९. ग्रुपम्यान वि २, स्प्रिट बमर
यो विमान ३०,००० पाउण्ड तौल क्षमता सम्मको ट्यांक बमर बोकेर उड्न सक्छ । यसले युद्धमा विभिन्न हतियारद्धारा हमला गर्दछ । १६८ तौल क्षमता रहेको यसको रेन्ज ७००० माइलको हुन्छ ।
१०. एम १८ क्लेमोर माइन
यो हतियार नरसंहारमा प्रयोग गरिन्छ । १ देखि ८ इन्चको यो हतियार स्टिलको भित्ता बनाएर ४००० फिट प्रति सेकेण्डको गतिमा छोडिन्छ । पछिल्लो समय ६० वर्ष देखि यता अमेरिकी सेनाले यो हतियार प्रयोग गर्दै आइरहेका छन् । यसको एक युनिटको मुल्य ११० अमेरिकी डलर रहेको छ ।

११. एम ७७७ होवित्जर
९००० पाउण्ड तौल क्षमता रहेको यस हतियारमा १५५ विष्फोटक पदार्थ, सेतो फस्फोरस, गाइडेड राउण्ड लगायतका अन्य सामग्री समावेश गरिएको हुन्छ । यो साधनले जस्तोसुकै जमिन तथा क्षेत्र हल्लाउन सक्छ । यो हतियारसंग विध्वंशकारी क्षमता रहेको हुन्छ ।

यो पनि पढ्नुस्

चीन–रसिया सीमा क्षेत्रमा जापानी सेनाले अलपत्र छोडेका हतियार भेटिए

उत्तर कोरियाको ‘एटम बम’ कति शक्तिशाली छ ?

रसियाको शक्तिशाली लडाकु विमान सार्वजनिक- फोटो फिचर

भारतको सबैभन्दा शक्तिशाली अग्नि-५ मिसाइल परिक्षण, रेन्जमा पर्छ आधा विश्व

यस्ता गाडी चढ्छन् शक्तिशाली देशका प्रमुख