५ वैशाख, एजेन्सी।

उत्तर कोरियासंग अलग-अलग क्षमताका एक हजार मिसाइल भएको मानिदै आएको छ।

जसमा ती मिसाइल पनि सामेल छ, जसले कुनै दिन अमेरिकासम्म निशाना लगाउन सक्छ।

उत्तर कोरियाको मिसाइल कार्यक्रमले अघिल्लो दशकमा निकै फड्को मारेको छ।

उत्तर कोरियाको हतियार भण्डारमा सन् १९६० र ७० मा रकेट मात्र हुन्थे । सन् १९८०-९० को दशकमा उसंग छोटो र मध्यम दुरीको ब्यालेस्टिक मिसाइल थियो।

हालै उत्तर कोरियाले आफुले अन्तरमहादेशीय मिसाइल बनाइरहेको घोषणा गरेको छ। जसको मद्धतले उसले पश्चिमी देशलाई निशाना बनाउन सक्छ।

मिसाइलको क्षमता

छोटो दूरी : १-३ हजार किलोमिटर

इन्टरमिडिएट रेन्ज : ३-५ हजार किलोमिटर

इन्टरकन्टिनेन्टल: साढें पाँच हजार किलोमिटर भन्दा बढी

छोटो दूरीको मिसाइल
उत्तर कोरियाको आधुनिक मिसाइल परियोजनाको शुरुवात स्कुडबाट सुरु भएको थियो। उत्तर कोरियाले सन् १९८४ मा यो मिसाइलको दोस्रो संस्करण ह्वानसांग बनायो। यो मिसाइलले उसले आफ्नो छिमेकी दक्षिण कोरियालाई निशाना बनाउन सक्थयो। यो संगै दक्षिण कोरियासंगको सम्बन्ध पनि बिग्रदै आयो।

ह्वानसाङ-५ र ह्वानसांग-६ लाई स्कुड-बी र स्कुड-सीको नामले चिनिन्छ। यसको क्षमता क्रमश: ३ सय र ५ सय किलोमिटर को छ।

यो मिसाइलले परम्परागत हतियारको साथ जैविक, रासायनिक र परमाणु हतियार बोक्न सक्छ।

यी दुवै मिसाइल परीक्षण गरेपश्चात उत्तर कोरियाले तैनाथ गरिसकेको छ। यो मिसाइल इरानलाई पनि बेचिएको छ।

उत्तर कोरियाले सन् १९८० को अन्तमा मध्यम दूरीको एक नयाँ मिसाइलमा काम सुरु गर्यो। जसलाई नोडाङको नामले चिनिन्छ। यसको मारक क्षमता १ हजार किलोमिटरसम्म छ।

यो मिसाइल स्कुडकै डिजाइनमा आधारित छ। तर यसको मारक क्षमता बढी र अधिक शक्तिशाली इन्जिन प्रयोग गरि बनाइएको छ।

इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीजले अप्रिल २०१६ मा गरेको एक विश्लेषणको अनुसार यसले पुरै दक्षिण कोरिया र अधिकांश जापानको भू-भाग निशाना बनाउन सक्छ।

साथै अक्टोबर २०१० मा प्रदर्शन गरिएको यसको अर्को एक संस्करणको क्षमता सम्भवत १६०० किलोमिटर बताइएको छ । यसले जापानी राज्य ओकिवानामा स्थित अमेरिकी सैन्य वेसमा निशाना बनाउन सक्छ।

सन् २००६, २००९, २०१४ र २०१६ मा नोडाङ मिसाइल परीक्षण गरिएको मानिन्छ।

इन्टरमिडिएट मिसाइल
उत्तर कोरिया मुसुडान मिसाइल कयौं वर्ष देखि विकास गर्दै छ। सन् २०१६ मा यसको केही पटक परीक्षण पनि भएको छ।

तर यसको क्षमतालाई लिएर केही आंशका पनि छ। इजरायलको गुप्तचरी सुत्रको हवाला दिदै बीबीसीले लेखेको छ, यसको रेन्ज २५०० किलोमिटर छ। यता अमेरिकी मिसाइल डिफेन्स एजेन्सीको अनुमान भने ३२०० किलोमिटर छ। अन्य स्रोतहरु भने यो मिसाइलको क्षमता ४ हजार किलोमिटरसम्म रहेको बताउँछन्।

मुसुडानको कम क्षमतावाला मिसाइललाई नोडाङ-बी वा तेइपोडाङ-एक्सको नामले चिनिन्छ। यसले दक्षिण कोरिया र जापानलाई निशाना बनाउन सक्छ।

यसको उन्नत संस्करण गुआम में स्थित अमेरिकी वेसलाई निशाना बनाउन सक्छ। यसले कति तौल बोक्न सक्छ भन्ने निश्चित छैन। तर १ देखि सवा टन सम्मको तौल सहित यो मिसाइल प्रक्षेपण गरिनसक्ने अनुमान लगाइएको छ।

उत्तर कोरियाले अगस्ट २०१६ मा दाबी गरेको थियो कि उसले एक ब्यालेस्टिक मिसाइल पनडुब्बीबाट परीक्षण गरेको थियो। जुन सतहबाट सतहमा प्रहार गर्ने सक्ने मध्यम दूरीको ब्यालेस्टिक मिसाइल थियो। सन् २०१७ फेब्रुरीमा यसलाई जमिनबाट पनि परीक्षण गरिएको थियो।

उत्तर कोरियाले यो मिसाइलमा ठोस इन्धनको प्रयोग गरेको बताएको थियो।

मल्टिस्टेज मिसाइल

तेपोडांग-१ उत्तर कोरियामा पाकेतुसान-१ को नामले चिनिन्छ। यो उसको पहिलो मल्टिस्टेज मिसाइल हो। यो मिसाइलको सन् १९९८ मा परीक्षण सुरु गरिएको थियो।

थिङ्क ट्याङ्क फेडरेशन अफ अमेरिकन साइन्टिस्टको अनुसार यो मिसाइको पहिलो स्टेज नोडाङ मिसाइल र दोस्रो स्टेज ह्वासाङ-६ थियो।

ताइपेडांग-२ यसको दोस्रो र पाकेटुसान-२ यसको तेस्रो स्टेजको ब्यालेस्टिक मिसाइल थियो। अघिल्ला दशकमा उत्तर कोरियाले यसको केही पटक परीक्षण गरिसकेको छ।

अनुमान अनुसार यसको रेन्ज ५ देखि १५ हजार किलोमिटर बिचमा छ।

यदि ताइपेडाङ-२ को सफलतापूर्वक परीक्षण गरियो र यो अधिक उचाइसम्म पुगेमा यसको अर्थ उत्तर कोरियाले अष्ट्रेलिया र अमेरिकाको केही हिस्सासम्म प्रहार गर्न सक्छ।

इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)

उत्तर कोरियाले आफ्नो सबैभन्दा अधिक दूरीसम्म प्रहार गर्ने सक्ने मिसाइल विकास गरिरहेको अनुमान गरिन्छ। जसलाई केएन-०८ वा ह्वासाङ-१३ को नामले चिनिन्छ।

यसको पहिलो प्रमाण थियो, सन् २०१६ सेप्टेम्बरमा उत्तर कोरियाले गरेको रकेट इन्जिनको परीक्षण। यो इन्जिनलाई इन्टरकन्टिनेन्टल मिसाइलमा प्रयोग गर्न सकिने त्यसपश्चात बताइएको थियो।

अमेरिकी रक्षा मन्त्रालयको अनुसार उत्तर कोरियासंग कम्तीमा पनि ६ वटा केएन-०८ मिसाइल छ, जसले अमेरिकाको अधिकांश भू-भागमा प्रहार गर्न सक्छ।

अनुमान त यो पनि छ कि उत्तर कोरियाले केएन-१४ को नामले यसको एक उन्नत संस्करण तयार गरेको छ। तर यसको अहिलेसम्म सार्वजनिक परीक्षण गरेको छैन।

तर सन् २०१७ मा यसबारे केही संकेत आएको थियो जब उत्तर कोरियाका शासक किम जोन उनले आफ्नो देश इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल विकासको अन्तिम चरणमा रहेको बताएका थिए।