काठमाडौं ।

नेपालकी चेली अर्थात प्रथम नेपाली अन्तराष्ट्रिय फिटनेश मोडल के डंगोल (कञ्चन डंगोल) संसारभरी चर्चित बनेकी छिन् । पछिल्लो पटक गत साता बेलायतमा आयोजित मायामी प्रो यरोपियन च्याम्पियनशिप जितेपछि कञ्चनको चर्चा बढेको छ ।

गत जुलाइमा बेलायतमा आयोजित देशकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता माध्ये एक मायामी प्रो यरोपियन च्याम्पियनशिपमा अवार्ड जितेकी उनी नेपालकी प्रथम अन्तराष्ट्रिय फिटनेश मोडल हुन् ।

K Dangol StoryK Dangol Story 2नुवाकोटमा जन्मिएकी कन्चन विकिनी लगाएर संसारका विभिन्न प्रतियोगितामा सहभागी भैसकेकी छिन् ।

K Dangol 2

K Dangol 1

बेलायतको प्रतिष्ठित प्रतियोगितामा ओभरअल विकिनी च्याम्पियन बनेपछि उनले पछिल्लो प्रतियोगिता जितेपछि लेखेको फेसबुक स्ट्याटसमा आफूले भविष्यमा जुनसुकै प्रतियोगिता जित्न सक्ने हिम्मत बढेको लेखेकी छिन् ।

K Dangol

सानै उमेर देखि फिटनेशमा चासो राख्ने कन्चनले प्रतियोगितामा Ms Bikini Short from Class A र Overall bikini champion अवार्ड हात पारेकी थिइन् ।

भिडियो हेर्नुस्ः

K Dangol 3

कञ्चन सन् २०१३ मा बेलायतकै पिटरव्रोगमा मिस विकिनी बनेकी थिइन् । उनले आफ्नो ट्वीटरमा आफूलाई पर्सन ट्रेनर, फिटनेश मोडल र विकिनी प्रतिस्पर्धीकोरुपमा चिनाएकी छिन ।

K Dangol Story 1

संसारभरी चिनिँदै गरेकी नेपाली चेली कञ्चनलाई नेपाली हेडलाइन्सको पनि शुभकामना ।