एजेन्सी । अमेरिकाले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने विधयेक पारित गरेपछि दुई देशबीचको तनाव बढेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ अमेरिकी कुटनीतिक कर्मचारीलाई देश छोड्न आदेश दिएपछि तनाव बढेको हो । उनीहरुलाई आगामी सेप्टेम्बर १ सम्म देश छोडिसक्न भनिएको छ ।

राष्ट्रपति पुटिनले दुई देशबीचको सम्बन्ध तत्काल सुधार हुने संभावना नदेखिएको पनि बताएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । अहिलेसम्म कुनै पनि देशबाट यतिधेरै कुटनीतिक मिसनमा रहेका कर्मचारीलाई देश निकाला गरिएको यो पहिलो पटक हो ।

अब दुबै देशका कुटनीतिक कर्मचारीको संख्या बराबर आर्थत ४ सय ५५ हुनेछ । अमेरिकाले रुसको यो कदम अकल्पनीय भएको टिप्पणी गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र समकक्षी पुटिनबीच केही सकारात्मक संकेत देखिएपनि नयाँ विधयेकले दुई देशको सम्बन्धमा दरार पैदा गरिदिएको छ ।