२४ पुस, एजेन्सी।
अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्पले रुससंग सुमधुर सम्बन्ध राख्नु राम्रो कुरा भएको र केवल ‘वेबकुफ’ वा ‘मूर्ख’ले मात्र यसलाई गलत भन्ने बताएका छन्।putin-trump-7528478

ट्रम्पले ट्वीट गर्दै यस्तो बताएका हुन। अन्य दुई ट्वीटमा उनले भनेका छन्, ‘हाम्रो अगाडी दुनियाँमा कयौँ समस्या छन् र अर्को एक हामी चाहदैनौ। म राष्ट्रपति बन्दा रुसले अमेरिकाको अझै बढी सम्मान गर्नेछ र दुई देश मिलेर विश्वका ठूला समस्या अनि मुद्धा सुल्झाउने प्रयास गर्नेछौँ।’putin-trump-871258trump-tweet-526438

अमेरिकी गुप्तचर विभागको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले ट्वीट गर्दै रसियासंगको सम्बन्ध राम्रो हुने बताएका हुन्। अमेरिकी गुप्तचर विभागले ट्रम्पलाई जिताउन रुसी राष्ट्रपति भ्ल्यादमिर पुटिनको प्रत्यक्ष संलग्नतामा अमेरिकामा साइबर हमला गरिएको सहितको विज्ञप्ती सार्वजनिक गरेको थियो।

शुक्रबार गुप्तचर विभागका प्रमुखले ट्रम्पकै अगाडी यो रिपोर्ट पेश गरेपछि ट्रम्पले रुसको नाम नलिदै गुप्तचर विभागमा काम गर्नेहरुलाई ‘निकै इज्जत गर्ने’ बताएका थिए।

के थियो रिपोर्टमा (मुख्य बुँदा)
१. डेमोक्रेटिक नेशनल कमिटीको इमेल र पार्टीका ठूला नेताको इमेले ह्याक भएको छ।
२. ह्याकिङबाट पाइएको जानकारी सार्वजनिक गर्न विकीलिक्स, डीसीलिक्स डट कम र गुसीफर २.० नामक ह्याकरको प्रयोग गरिएको थियो।
३. यसमा राज्य समर्थित प्रोपोगाण्डाको प्रयोग गरिएको थियो र सामाजिक सञ्जालमा भद्दा कमेन्ट गर्नकोलागि ट्वीटर प्रयोगकर्ता र ‘ट्रोल’ गर्नेहरुलाई पैसा दिइएको थियो।

रिपोर्टमा भनिएको छ कि रुसले ट्रम्पलाई ‘स्पष्ट रुपमा प्राथमिकता’ दिएको थियो। रिपोर्टको यो हिस्सा सार्वजनिक नगरिएको बीबीसीले जनाएको छ।

ट्रम्पले डेमोक्रेटिक नेशनल कमिटीमाथी ‘लापरवाह’ गरेको आरोप लगाउँदै उनीहरुले आफ्नो सर्भर (कम्प्युटर)लाई ह्याक हुन दिएको बताएका छन्।

यो भन्दा अघि शनिबार ट्रम्पले ट्वीट गर्दै लेखेका थिए, ‘गुप्तचर विभागले भनेको छ कि चुनावको नतिजामा छेडछेडा भएको कुनै प्रमाण भेटिएको छैन। भोटिङ मेसिन त छोइएको पनि छैन।’trump-tweet-665658

ट्रम्पले चुनावको क्रममा पनि कयौँ पटक भनेका थिए उनी रुससंग सम्बन्ध सुधार्न चाहन्छन्।

यो पढ्नुस्।
राष्ट्रपतीय निर्वाचनमा पुटिनद्वारा ट्रम्पलाई सहयोग
ओवामाका नीतिमा पद नसम्हाल्दै ट्रम्पको आक्रमण