१० फागुन, काठमाडौं । काठमाडौँबाट चितवनको भरतपुरतर्फ जान लागेकी एक महिलालाई १६ हजार चारसय अमेरिकी डलरसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी, गैंडाकोट–१२ की ३६ वर्षीया ध्रुवकुमारी शर्मा रहेकी छिन् ।

बुद्ध एयरको उडान नम्बर ३५९ बाट भरतपुरतर्फ जान लागेकी शर्माको हातेझोला चाँच गर्दा उक्त परिमाणको अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।