२७ पुस, सिकागो (अमेरिका), एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिंदै आफ्नो कार्यकाल सफल बनेको दावी गरेका छन ।

आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आफू राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे ।

राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका आफ्नो समर्थकका माझ उभिएर सम्पूर्ण अमेरिकीलाई न्यायमूखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मुल्यमान्यतालाई जोगाउन सङ्घर्ष गर्न राष्ट्रपति ओबामाले आग्रह गरे ।

obama-michelle-daughter-malia

हामी सबैबीच बाहिरीरुपमा भिन्नता देखिएपनि समग्रहमा हामी सबै सँगै छा तर अन्धभक्त जातीवाद र असमानता प्रजातन्त्रका मूल्यमान्यता विरुद्ध चुनौति भएकाले सहकार्यगर्दै अघि बढ्नुपर्ने छ, राष्ट्रपति ओबामाले भने, “हामी एक्लै आयौँ र एक्लै जाने छौँ ।”

सन् २००८ मा राष्ट्रपतिमा निर्वाँचित हुँदा जुन आशा र परिवर्तनको सन्देश लिएर वासिङ्टन छिरिएको थियो त्यसलाई सम्बोधन गर्न आफू सफल बनेको ओबामाको तर्क थियो ।

उनले मुलुकको आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्यूवासँगको सम्बन्धको पुनःस्थापना र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने लगायतका काम आफ्नो कार्यकालका प्रमुख उपलब्धि भएको उक्त अवसरमा बताए ।

Photo: AFP

Photo: AFP

‘हामी जुन पार्टीका भएपनि हामी लोकतान्त्रिक समाजको निर्माणमा जुट्नुपर्छ, ओबामाले भने । प्रजातन्त्रताका चुनौतीसँग शाक्तिको प्रयोगभन्दा अधिकार तथा बौद्धिकता र परिश्रम माथि विश्वासले नै संयुक्त राज्य अमेरिकालाई मुलुकको गम्भीर आर्थिक मन्दीको समयमा फासिवाद र निरङ्कुशता प्रतिको आकर्षणलाई प्रतिवाद गर्न मद्दत गरेको थियो र यही विचारले अन्य विश्व समुदायसँग मिलेर दोस्रो विश्वयुद्धपछि अघि बढ्न प्रेरणा दिएको थियो, सम्बोधनका क्रममा उनले बताए ।

राष्ट्रपति ओबामाले रसियाको सहयोगमा ट्रम्पलाई हवाइटहाउस पु-याइएको भन्ने चर्चालाई सङ्केत गर्दै फासिवाद र निरङ्कुशता प्रतिको आकर्षण प्रजातन्त्रका लागि चुनौति हुनसक्ने पनि बताए ।