एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे जारी विवादका बिच नयाँ तथ्य बाहिर आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान र निर्वाचनमा रुसको हस्तक्षेप रहेको भनि आलोचना भईरहेका बेला नयाँ तथ्य बाहिर आएको हो ।

अमेरिकी सिनेट ईन्टेलिजेन्स कमिटीमा बयान दिँदै एक अधिकारीले राष्ट्रपतीय निर्वाचनमा रुसी ह्याकरले २१ प्रान्तलाई निसाना बनाएको बताएको बिबिसीले जनाएको छ ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको साईबर सेक्युरिटी शाखामा आबद्ध जेनेट मेन्फ्राले २१ प्रान्तमा रुसी ह्याकरले ह्याकिङ गरेको बताएपनि ती प्रान्तको नाम भने खुलाउन नचाहेको समाचारमा उल्लेख छ । बयानका क्रममा मेन्फ्राले आँफुहरुसँग रुसी ह्याकिङबारे प्रमाण समेत रहेको बताएका छन् ।

अमेरिकी गुप्तचर निकाय सिआईएले राष्ट्रपति निर्वाचनका क्रममा रुसी ह्याकरले निर्वाचन प्रणालीलाई निशाना बनाएको र निर्वाचन परिणाम प्रभावित पारेको दाबी गर्दै आएको छ ।