७ बैशाख, काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज राजधानिमा हुँदैछ ।

नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच २०६८ सालमा टिफा सम्झौता भएको थियो ।

नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन उक्त सम्झौता भएको हो ।

बैठकमा भाग लिन अमेरिकी सरकारका उच्च अधिकारी पनि राजधानी आइसकेको जनाइएको छ ।