९ वैशाख, एजेन्सी।

हालै सिरियामा अमेरिकाले गरेको मिसाइल आक्रमण पश्चात रुस-अमेरिका सम्बन्ध फेरि धरापमा छ। यता उत्तर कोरियाले अमेरिकालाई परमाणु आक्रमणको चेतावनी दिइरहेको छ। त्यस्तै सम्भावित अवस्थालाई मध्यनजर गर्दै चीन तयारी अवस्थामा रहेको खबर पनि आएका छन।

यसैबीच रुसले एक झट्कामा अमेरिकी नौ सेनाको शक्ति बेकाम गर्न सक्ने बम आफुसंग भएको दाबी गरेको छ।

रुसी मिडियाको अनसुार यो एक ‘इलेक्ट्रोनिक बम’ हो। जसको प्रविधिले फाइटर जेट्स, वारशीप र मिसाइल बेकाम बनाइदिन सक्छ।

यो बमले राडार र स्याटेलाइटलाई निशाना बनाउन सकिन्छ।

यो पढ्नुस्: सूर्यबाट पृथ्वीमा शक्तिशाली सौर्य बतास आउँदै, चुम्बकिय आँधीको सम्भावना

रुसी मिडियाले यो दाबी सिद्ध गर्न एक प्रमाण पनि बाहिर ल्याएको छ। केही वर्ष पहिले एक रशियन फाइट जेट ‘सुखोई एसयू-२४’ले ब्ल्याक सीमा अमेरिकी युद्धपोत ‘यूएसएस डनल्ट कूक’को माथीबाट उडान भर्दै त्यसको राडार प्रणाली बेकाम बनाइदिएको प्रसंग उल्लेख गरिएको हो।

साथै यहि प्रविधिले आफुतर्फ प्रहार भएका मिसाइललाई डिटेक्ट गरि आइपुग्नु अगावै बेकाम गराउन पनि सकिन्छ। जुन अहिले रुसी सेनाले आफ्नो सुरक्षाको लागि प्रयोग गरेको विभिन्न अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।

कसरी गर्छ काम ?
रुसले आफुसंग भएको बताएको ‘इलेक्ट्रोनिक बम’ लाई विज्ञानको भाषामा ‘EMP’ वा इलेक्ट्रोम्यागनेटिक पल्सको नामले चिनिन्छ। चट्याङ् ‘EMP’ को एक शक्तीशाली उदाहरण हो । जसले भवन तथा विमानहरु ध्वस्त बनाउन कस्छ। “EMP’ कृत्रिम तरिकाले पनि उत्पन्न गराउन सकिन्छ। ‘EMP’ ले जुनसुकै इलेक्ट्रोनिक सामान बिगार्न सक्छ। यहि प्रविधिलाई हतियारको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अहिले हरेक मिसाइल प्रणाली देखि सञ्चार उपकरण विद्युती उर्जाबाटै सञ्चालित हुने भएकाले यदि ‘EMP’ प्रहार गरिए ती सबै बेकाम गराउन सकिन्छ।

एलियन (अन्य ग्रहका प्राणी) ले पृथ्वीमा ‘EMP’ प्रहार गरि सबै विद्युतिय उपकरण बेकाम गरिदिएको हलिउडका कयौं एलियन सम्बन्धी फिल्महरुमा पनि देख्न सकिन्छ। तर अहिलेसम्म ‘EMP’ को प्रयोग गरिएका कुनै ठूला घटना सुनिन आएका छैनन्।