• बोमलाल गिरी

भनिन्छ जीवन एक प्रयोगशाला हो । यसलाई आफु अनुकुल प्रयोग गर्नुपर्छ । प्रयोगबाटै कसैको जीवन स्पात जस्तै निखारिन्छ त कोही खिइएर जान्छ । ८ वर्ष अघि नेपालमा भेट्दा उ कसैलाई पनि विदेश नजान सल्लाह दिन्थ्यो । तर आज उ आफै परदेशी भएको छ । त्यस्तै जीवन खियाएर आफूलाई स्पात बनाउँदै गरेको पुरानो हितैषी मित्र विष्णु पौडेलसँग युरोपको एक कुनामा टुप्लुक्क भेट भयो ।

with-bishnu-journalist-1
नयाँ ठाउँ, नयाँ परिवेश, भाषा संस्कृति नौलो, तर लगाव पुरानै । सानो सानो सुपर मार्केट, दायाँ साइडमा काउन्टर छ, अगाडि पट्टि ल्यापटप । ल्यापटपमा इन्टरनेटको साहराले आफूलाई अभ्यस्त बनाउँदै छन् । विदेशमा पत्रकारीत त्यति सहज त कहाँ थियो र तर फुर्सदको समय सदुपयोग गरी केही लेखिरहेका छन् । अनि मेरो प्रवेशले उनको लेखाइमा केही बेर पूर्णविराम लाग्छ ।

उनी अलि बढी मेरो बारेमा जान्न खोज्दै थिए, म उनको बारेमा । कुरा गर्दै जाँदा उनको संघर्षको कथा लेख्न मन लाग्यो । तर उनले जति व्यथा म सँग पोख्दै गए म सबै लेख्न नसक्ने अवस्थामा पुगे । नेपालमा मोफसलदेखि राजधानीसम्म एक दशक पत्रकारीताको अनुभव । चितवनको चेपाङ बस्तीदेखि सिहंदरवारसम्मको पहुँच ।
with-bishnu-journalist-2आर्दश समाज दैनिकबाट शुरु भएको अभिक्षिन्न संचार यात्रा, सहज पक्कै थिएन । मोफसलको पत्रकारिता, शसस्त्र द्धन्दको समय, साधन स्रोत र आर्थिक अभाव, पारिवारिक दवाव एउटा पाटो थियो तर यो पाटो पत्रकारिताका लागि कहिलै तगारो बनेन् । अनेकौ घुम्ती पार भए । कयौ अप्ठ्याराहरुको सामाना गर्नु पर्यो तर अटल रह्यो पत्रकारिता । द्धन्द्धको समय, सरकारी र विद्रोही दुबै पक्षको निशाना, सेनाले हानेको गोली साइकलमा लाग्छ, माओवादीले बन्दुक तेस्र्याएर अन्तिम इच्छा सोध्छ तर अहँ पत्रकारीताको यात्रामा पुर्ण विराम लाग्दैन ।

with-bishnu-journalist-3नेपालको आर्थीक, राजनितीक, सामाजिक क्षेत्रलाई नजिकबाट निहालीरहेका उनि अचेल संचारक्षेत्र भन्दा फरक व्यवसाय अंगालेका छन् । जीवनको स्वर्णीम समय पत्रकारितामा बित्यो । अनुभव भयो । तर सायद मलाई लाग्छ, पत्रकारिताको आडमा उनले पीतपत्रकारीता कहिल्यै गरेनन् । भन्छन्, ‘मैले जिवनमा कमाएको पेशा प्रतिको इमान्दारीता हो ।’

मानिसका जिउने धेरै कला हुन्छन् । ‘आ—आफ्नो कर्मको फलखाने हो । अरुलाई अध्यारोमा बत्ति बाल्न सके आफुलाई पनि उज्यालो हुन्छ ।’ कुराकानीको शुरुमा उनको यो शव्द निकै मार्मिक लाग्यो । पत्रकारको जीवन आम मानिसको भन्दा अलिक भिन्न हुन्छ । समाजले हेर्ने दृष्टिकोण फरक छ । सधै अरुको लागि आवाज उठाउनु पर्ने । अरुको पीडामा बोलीदिनु पर्ने । तर अंहँ आफ्नै बारेमा बोलीदिने कोही हुदैन ।
with-bishnu-journalist-4राज्यको चौथो अंग भनेर विल्ला भिर्दैमा स्वमं राज्य कहिलै बोलेन । मेरो उनीसँगको संगतले यति भन्न सक्छु, समाचार लेखेकै भरमा अक्षर गनेर धेरै पैसा कमाउने पत्रकारमा उनि गनिथ्ये । हातमा क्यामरा, रेकर्डर, डायरी, कलम कहिलै छुटेन । राजधानीका इमेज टेलिभिजन र नयां पत्रिकामा उनको आवद्धता थियो । छोटो समयमै उनी राष्ट्रिय स्तरको पत्रकारको रुपमा स्थापित भए । तर त्यो यात्रामा एकाएक विराम लाग्यो जव उनि ५ बर्ष अघि डेनमार्कको भिषा लगाएर नेपाल छोडे ।

जीवन शुन्यवाट शुरु हुन्छ । सघर्ष, अनुभव, सम्झने मनहरु, विर्सिन नसक्ने पलहरुको वीचमा बाटो परिवर्तन हुन्छ तर यात्रा एक्लै गर्नुपर्छ । जीवनका भोगाई सम्झदै उनले भने, ‘बाटो परिवर्तन भयो, अनेकौं घुम्तीहरु आए, अप्ठ्याराहरु आए तर मन कहिलै परिवर्तन भएन ।’ पत्रकारिता प्रतिको मोह हट्नै सकेन । त्यसैले सकृय पत्रकारिता गर्न नसके पनि मन बुझाउन लेखिरहन्छु ।

उनीसँग दैनिक १८ घण्टासम्म काम गर्दा ७ लाख नेपाली रुपैयाँसम्म बुझेको अनुभव छ । तर पैसा नै सबथोक होइन रहेछ । ५ बर्ष पछि नेपाल गएर ८ घण्टा मज्जाले सुत्न पाउँदाको खुशी उनका अनुहारका रेसा रेसामा दौडिरहेको थियो । ‘विदेशमा काम छ, दाम छ तर स्वदेशमा पाइने आत्मियता छैन । समयको रफ्तारसगै दौडन नसके बाच्न कठिन छ ।’ पौडेल भन्छन्, ‘युरोपको चिसोमा कयौँ रातहरु हिउंसंगै बिते, कयौ दिनहरु रेष्टुरेण्टमा काम गर्दै विते, कयौ पलहरु रोएरै विताइयो । तर हार कहिलै खाइन ।’ कत्ति गर्दा पनि उनका थप पीडादायी क्षणहरु लेख्नै सकिन ।

कलिलै उमेरमा परिपक्क पत्रकारिता गरेका पौडेलको कलमले रिक्सा चालक मजदुर दाईको पीडादेखि मन्त्री तहमा हुने आर्थिक हिनामिना, विदेशीने युवाहरुको पीडा, वलात्कार हुने ७० बर्षकी वृद्दको रोदन, वाढीपीडतहरुको गुनासो लेख्न भ्यायो । धेरै पल्ट सम्मानीत भए ।
with-bishnu-journalist-5देशको अस्थिर राजनीति, चरम भष्ट्रचार, बेतिथी, पेशागत असुरक्षा लगायत सायद यीनै कारण थिए पत्रकारितामा दरिलो जग हालेको पत्रकार पौडेल पलायन हुनुमा । उनी भन्छन्, ‘मैले गलत गरे वा सहि थाहा छैन तर अनुभव चाहि संगाले ।’

बोमलालका अन्य लेख:
म नेपाल फर्कनै पर्छ आमा
युरोपको कहालीलाग्दो जीन्दगी: बाँचेका त छन् तर छिटो मर्ने चाहनामा