६ असोज, लहान । सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादीका हरिनारायण चौधरी र उपमेयरमा फूलकुमारी श्रेष्ठ विजयी भएका छन।

हरिनारायाणले ५६८३ ल्याएका छन भने श्रेष्ठले ५६१३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

एमालेबाट मेयरका प्रतिस्पर्धी शिवशंकर महतोले ४४२९ मत प्राप्त गरेका छन् भने एमालेबाटै उपमेयर उम्मेदवार निर्मला बास्तोलाले ४५२७ मत ल्याएकी छिन्।

धनगडीमाई नगरपालिकामा जितसंगै नेकपा माओवादीले सिरहाको १७ स्थानीय तहमध्ये ५ स्थानीय तह जितेको छ।