एजेन्सी । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा स्थानीय समय अनुसार साँझ ५ बजेर ५५ मिनेटमा शक्तिशाली भूकम्प गएको छ ।

चिलीको सीमा क्षेत्र केन्द्रबिन्दु भएर ६ दशमलब ३ रेक्टरको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । यो क्षेत्रमा केन्द्रबिन्दु भएर पछिल्लो केही महिना यता तेस्रो पटक भूकम्प गएको हो ।

यसअघि ६ दशमलब ४ र ६ दशमलब २ रेक्टर स्केलको भूकम्प सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको द सन ले जनाएको छ ।

भूकम्पबाट पुगेको क्षतिबारे विवरण आउन बाँकी रहेको बताइएको छ ।