५ असार, काठमाडौ ।

नेपाली दुतावास मलेसियाले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ जना नेपाली युवालाई स्वदेश फर्काएको छ ।

दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।

दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ ।

दूतावासका अनुसार पर्साका शङ्खलाल गोले, धनुषाका मनिराम बेङ्गासी, सर्लाहीका सञ्जयकुमार नेपाली, धनकुटाका सनम लिम्बू, दीपेश लिम्बू, सुनसरीका राजकुमार राई र गुलाब चौधरीलाई स्वदेश फिर्ता पठाएको हो ।

त्यस्तै दुतावासले कपिल्बस्तुका सन्तोष अधिकारी, रौटहटका मुकेशराज यादव, सिन्धुलीका मनोजकुमार नेपाली, काभ्रेका मनबहादुर तामाङ र मीनप्रसाद डोटेल, ताप्लेजुङका खड्का लिम्बू र सन्चबहादुर लिम्बू, काठमाडौंका निकेश कार्की, खोटाङका विवश राई र चितवनका सुदीप तामाङलाई पनि नेपाल फकाईएको छ ।

रुकुमका सञ्जय मल्ल र दीपेन्द्रकुमार भण्डारी, बाँकेका राजअलि शाही, सिरहाका जितनारायण यादव, गुल्मीका इन्द्रबहादुर सार्की, रोल्पाका गर्जेन्द्र घर्ती मगर, ओखलढुङ्गाका टेकबहादुर राप्चा, दाङाका भरतबहादुर बुढा मगर, झापाका विदुर कार्की र मकवानपुरका सञ्जीव बैजुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।