पोखरा, २४ माघ ः लोक कवि अलि मियाँलाई मरणोपरान्त यस वर्षको ‘हेमराज पहारी स्मृति’ पुरस्कार प्रदान गरिने भएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने सो पुरस्कारको राशि नगद रु एक लाख र ताम्रपत्र रहेको छ । आगामी फागुन १७ गते पहारीको नवौँ स्मृति दिवसका अवसरमा आयोजित समारोहका बीच लोक कविलाई मरणोपरान्त सम्मान गरिने भएको हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपाने पहारीले जानकारी दिनुभयो । .––– (रासस)