५ साउन, काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४ सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् ।

गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

उनले आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको जानकारी दिए । स्थानीय क्षेत्रको पर्यटनलाइ पनि अघि बढाउनु पर्नेमा मन्त्री शर्माका जोड दिथयो ।

कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ । त्यस्तै पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विभिन्न पर्यटन व्यवसायीलाई समेत सम्मान गरिएको थियो ।