१४ भदौ, काठमाडौं ।
सरकारले यात्रुबाहक गाडी चालकको उमेर तोक्ने तयारी गरेको छ । कम उमेरका चालकका कारण सवारी दुर्घटना बढेको भन्दै सरकारले उमेर तोक्ने तयारी गरेको हो।

ऐश्वर्याले नमानेपछि अमिताभले निर्देशकलाई फोनमै झपारे !

संसदको राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा बोल्दै गृहमन्त्री विमलेन्द्र निधिले सरोकारवाला पक्षसँग छलफल गरी यात्रुबाहक गाडी चालकको उमेर तोक्ने बताए ।

Bus Driver

फाइल तस्विर

सरकारले यात्रुबाहक बस चलाउन ‘टीन एज’ का अर्थात २० वर्षभन्दा कम उमेरका चालकलाई बस चलाउन नदिने तयारी गरेको छ । उमेर तोक्ने काम केही जटिल भएपनि सरकारले त्यसको गृहकार्य अघि बढाउने उनको भनाई छ ।

विदेशमा रहेका नेपालीबारे प्रचण्डको ३ बुँदे निर्देशन

यात्रुवाहक सवारी साधन, मालबाहक सवारी साधन र अन्य साधनका चालकको उमेर निर्धारण गर्ने गृहमन्त्री निधिले समितिमा जानकारी गराए ।

बैठकमा सांसद बिक्रमबहादुर थापाले सवारीसाधन अनुसार चालकको उमेर निर्धारण गर्न सरकारको ध्यानकर्षण गराएका थिए । यस्तै मन्त्री निधिले सिन्डिकेट अन्त्य गर्न समेत सरकार दृढतापूर्वक लागेको जानकारी बताए ।

लाइसेन्स बाढ्न यातायात कार्यालयले निकाल्यो सूचना

उनले अहिले सम्म भएका सवारी दुर्घटनाका बिषयमा समितिमा जानकारी गराएका थिए ।