हिन्दु धर्म अनुसार कुनै पनि शुभ कार्य भन्दा अगाडी मुहुर्त हेर्ने परंपरा छ । शुभ मुर्हुतमा गरेको कामले मात्र शुभ फल दिने र सफल हुने विश्वास रहेको छ ।

तर समयको ख्याल गरिएन भने सोंचेको भन्दा विपरित परिणाम पनि आउन सक्छ । हिन्दु धर्ममा राहुकाललाई अशुभ समय मानिएको छ । हरेक दिनमा निश्चित समय सम्म हुने राहुकाल ९० मिनेट लामो हुन्छ ।

rahukal

राहुकाल कुन कुन बेला हुन्छ ?

ज्योतिष विद्या अनुसारः
आइतबार विहान पौने ५ बजे देखि सवा ६ बजे सम्मको समयलाई राहुकाल मानिन्छ ।
सोमबार विहान पौने ८ बजे देखि सवा ९ बजे सम्मको समयलाई राहुकाल मानिन्छ ।
मंगलबार दिउसो सवा ३ देखि पौने ५ बजे सम्मको समयलाई राहुकाल मानिन्छ ।
बुधबार दिउसो सवा १२ बजे देखि पौने २ बजे सम्मको समय राहुकाल मानिन्छ ।
विहीबार दिउसो पौने २ बजे देखि सवा ३ बजे सम्म राहूकाल मानिन्छ ।
शुक्रबार विहान पौने ११ बजे देखि सवा १२ बजे सम्म राहूकाल मानिन्छ ।
शनिबार विहान सवा ९ बजे देखि पौने ११ बजे सम्म राहुकाल मानिन्छ ।

राहुकालमा गर्नु हुँदैन शूभ कार्य

राहुकालमा कुनै पनि शुभकार्य गर्दा सफल नहुने हिन्दु शास्त्रीय विश्वास छ । यस्तो समयमा शुरु गरिएको काम असफल हुने मानिन्छ । राहुकालमा ब्यापार ब्यवसायको शुरुवात गर्नु हुँदैन । घाटा हुने खतरा हुन्छ । नयाँ गाडी वा घर पनि किन्नु हुँदैन । यस्तो समयमा गहना खरिद गर्नु पनि नराम्रो मानिन्छ ।

पञ्चकको समयमा गर्नै नहुने ५ काम

जाडोमा भुल्नै नहुने ७ शुत्र

विहानमा भुलेर पनि नगर्नुस् यी ५ काम