एजेन्सी ।

बलिउडमा सन्नी लियोनले आफ्नो पछिल्लो छवीलाई बचाउने कोसिस गरिरहेकी छिन् । जसको लागी उनले कैयौ विवादको सामना समेत गर्नुपरेको छ ।

केहि दिनअघि रिपब्लीकन पार्टी अफ इन्डियाकी एक महिला सचिव शिलाले सन्नी लियोनको कण्डोम ब्राण्डको विज्ञापनको विषयलाई लिएर विरोध जनाइन् । यस्ता खाले विज्ञापन महिलाले हेर्दा लाज लाग्ने विषय हुने शिलाको भनाई थियो । साथै यस्ता टिभीमा प्रसारण गर्दा महिलाको छवीमा दाग लाग्ने भन्दै उनले विरोध जनाएकी थिइन् । सन्नी लियोनको यस विज्ञापनको विरोधको कारण हो विज्ञापनमा उनी आफ्नो पार्टनरलाई कण्डोमको प्रयोग गर्न उत्तेजित पार्दै गरेको दृश्य ।

यदि यस विज्ञापनकोविरुद्ध कुनै कदम उठाइएन भने यो मुद्धा बढ्न सक्ने महिला अधिकारकर्मीले चेतावनी दिएका थिए ।
यस विवादलाई ध्यानाकर्षण गर्दै सन्नीले भनिन्, जसले जे भन्छ भन्दै गर्छन् । यसको जवाफ र फैसला भन्नेले होइन सरकारले गर्छ । सम्पुर्ण देशवासीको लागी के ठिक के बेठिक सरकारले मात्र गर्न सक्छ ।

विवादीत विषय बनेको सन्नीको यो मात्र पहिलो कुरा होइन, यसअघि पनि सन्नीको विज्ञापनमाथी यस्तै विवाद हुदै आएका थिए ।
कण्डोमको विज्ञापनको विषयलाई लिएर अभिनेत्री राखी शावंतले पनि सन्नीको यो विज्ञापन भारतमा बन्द गर्नुपर्ने माग गरेकी थिइन् ।