७ मंसिर, काठमाडौं।

नेपालको यु-१९ फुटबल टिमका पुर्व डिफेन्डर विवेक प्रताप पन्तले अष्ट्रेलियाको अष्ट्रेलियन स्ट्यानमोर हक्स एफसीबाट यो सिजनको खेल खेल्ने भएका छन्।

खुल्ला छनोट अन्तरगत विवेक अष्ट्रेलियन फुटबल क्लबमा छानिएका हुन। खेल बापत उनले पारिश्रमिक भने पाउने छैनन्।

तस्बिर: गोल नेपाल डट कम

तस्बिर: गोलनेपाल डट कम

यो क्लब अष्ट्रेलियामा पिएस४ एनएसडब्लु नेशनल प्रिमियर लिग ३ मा सहभागी भइ फुटबल खेल्नेछ।

सिड्नीमा उच्च शिक्षाको लागि पुगेका विवेक स्पेन, इटली, अफ्रिका, जापान तथा अष्ट्रेलियाका ७० खेलाडीहरुबाट सो क्लबको लागि छानिएका थिए।

विरेन्द्र सैनिकमा पढ्दा कोकाकोला २०११ म्याच जिताउन खेल खेलेका विवेकलाई नेदरल्याण्डमा समेत फुटबल खेलेको अनुभव छ।

एनएसडब्लु नेशनल प्रिमियर लिग ३ अन्तरगत प्रि‍ -सिजन क्रिस्मसपश्चात सुरु हुनेछ।