एजेन्सी ।

अष्ट्रेलियाका बैज्ञानिकहरुले नयाँ पुस्ताको कण्डोम बनाएको दावी गरेका छन् । यौनिक आनन्दलाई अत्याधिक बढाउने भनिएको यो कण्डोममा नयाँ डिजाइन मात्र नभएर नयाँ सामग्रीको प्रयोग समेत गरेको बताइएको छ ।

डेली स्टारमा प्रकाशित हेडलाइन अनुसार अस्ट्रेलियाका बैज्ञानिकहरुले लेटेक्स रबडको कण्डोम निर्माण गरेका छन् जसले सेक्स लाइफमा सनसनी पैदा गर्न सक्छ ।

condom new

भोलोन्गोङ्ग यूनिभर्सिटीका शोधकर्ताहरुले नयाँ अल्ट्रा डबल कन्ट्रासेप्‍शन तयार गरेका छन् जसले यौन सम्बन्धको समयमा आफै दवाव पैदा गर्न सक्छ ।

यो डबल ब्रेकिङ डिजाइनको कण्डोम सेक्स लाइफमा कुनै क्रान्ति भन्दा कम नभएको समेत निर्माता कम्पनीको दावी छ ।

यो कण्डोममा आन्तरिक लुब्रिकेशनको समेत ब्यवस्था छ यसले यौन सम्बन्धको समयमा मजा बढाइदिने दावी गरिएको छ । यो कण्डोम बनाउँदा हाइड्रोजेलको प्रयोग गरिएको छ ।

Condoms 2
यो तत्व मानव अंग निर्माणका क्रममा गर्ने गरिन्छ ।

यो कण्डोम प्रयोगकर्ताहरुले निक्कै आनन्ददायी भएको बताएका छन् ।

यो पनि हेर्नुस्
कण्डोमबारेका १० भ्रम जुन हटाउनै पर्छ
कण्डोम प्रयोग गर्दा भुल्नै नहुने १० कुरा
केटीले कण्डोम माग्दै हिँडेपछि …(भिडियो सहित)