८ जेठ, अष्ट्रेलिया।

अन्तराष्ट्रिय टिभी सिङ्गिङ रियालिटी सिरिज ‘द भ्वाइस’को नेपाली फर्म्याट ‘द भ्यावस अफ नेपाल’को टिम सांगीतिक प्रस्तुतिको लागि अष्ट्रेलिया आउने भएको छ। आउँदो मे २५ तारिखका दिन मेलवर्नमा धमाकेधार कार्यक्रम हुन लागेको हो।

अहिले भ्वाइस नेपालको टिम अष्ट्रेलिया टुरमा छ। यो सांगितिक टुरमा शोका विजेता सिडी विजय अधिकारी लगायत उत्कृष्ट पाँच प्रतियोगी कुशल आचार्य, श्रीजय थपलिया, सप्तक दुताराज, सुरेखा क्षेत्री र श्रेया राइ रहेका छन्। साथै कार्यक्रममा होस्ट रहेका सुशील नेपाल पनि टिमसंगै टुरमा आएका छन्।

१८ वर्ष भन्दा माथीले मात्र प्रवेश पाउने भनिएको कार्यक्रम मेलवर्न इनाक्षी इन्टरटेनमेन्टले बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीको प्रायोजनमा गर्न लागेको हो।

कार्यक्रम आगामी २५ मे, शनिबार साइप्रस कम्युनिटी हलमा बेलुका ६ बजे देखि सुरु हुनेछ। कार्यक्रमको लागि प्रवेश शुल्क २० डलर राखिएको छ। प्रिं बुकिङ गर्नेहरुले भने १५ डलर मात्र तिर्नुपर्ने बताइएको छ।

‘द भ्वाइस अफ नेपाल’ को दोस्रो सिजन पनि सुरु भइसकेको छ। यसको एन्ड्रोइड र आइओयस् एप मार्फत इच्छुकहरुले अडिसन टेप पठाउन सक्छन्। पहिलो सिजनमा ३० दिन भित्र १२,००० डिजिटल क्लिपहरु प्राप्त भएका थिए। २० दिन लगाएर यी क्लिपहरु पठाउने मध्ये १०८ जनालाइ शोमा प्रस्तुतिका लागि छानिएको थियो। यसको दोस्रो सिजन हिमालयन टेलिभिजनमा छिट्टै प्रसारित हुनेछ।