३ फागुन, काठमाडौं।

अष्ट्रेलियाको मारोउब्रा समुन्द्री तटमा एक युवती मृत भेटिएकी छिन्। एक युवक हराएका छन्।

युनिभर्सिटी अफ न्यु साउथ वेल्समा अध्ययनरत २० वर्षीया ती युवती नेपाली भएको बताइए पनि उनको पुरा परिचय खुलेको छैन। स्थानिय समय अनुसार बिहान ६ बजे कसैले उनको शव समुन्द्री तटमा भेट्टाएको खबर डेलिटेलिग्राफले छापेको छ।

पूर्वी तटका इन्स्पेक्टर एन्थोनि एग्न्युले एक युवक पनि उनीसंगै रहेको बताएका छन्।

युवती डुबेको आशंका गरिएको छ।

दुवै जनाको व्यक्तिगत सामान समुन्द्री तटमा भेटिएको छ।

खराब मौसम र अग्ला छालको कारण हराएका युवकको खोजी कार्यमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन्।

युवतीका साथीहरुलाई घटनाबारे अवगत गराइएपनि नेपाल स्थित उनको परिवार सम्पर्कमा आइसकेका छैनन्।

आज बिहानबाट वेस्टप्याक लाइफ सेभर रेस्क्यु हेलिकप्टर प्रयोग गरि उद्धार कार्य सञ्चालन गरिएको छ। लाइफगार्ड, दुई अफिसर र प्रहरीले उद्धार कार्यमा सहयोग गरिरहेका छन्।