२ असोज, काठमाडौं ।

नेपाली क्रिकेट टिमका लेग बे्रक बलर सन्दीप लामिछाने क्रिकेट खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

प्रचण्डको फेसबुकमा राखेर हटाइएको एक राख्ननै नहुने स्टयाटस

केही समय अघि हङकङमा क्रिकेट खेल्दा अष्ट्रेलियन क्रिकेट माइकल क्लार्क उनको खेलबाट प्रभावित भएपछि लामिछानेलाई अष्ट्रेलियामा खेलाउन तयार भएपछि लामिछाने आज त्यता प्रस्थान गरेका हुन् ।

michal-clark-and-sandip-57ce9757dd9849.20101385

१७ वर्षीय लामिछाने आइतबार १ बजे अष्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् ।



लामिछानेले क्लार्कको एकेडेमीमा अभ्यास गर्नेछन् । लामिछानेले ५ महिनासम्म क्लार्कको टिममा अभ्यास गर्नुका साथै उनकै टिमबाट केही खेल पनि खेल्नेछन् ।

लामिछानेको बलिङ शैली अष्ट्रेलियन खतरनाक बलर शेन वार्नको जस्तै रहेको भन्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले चर्चा गर्ने गरेका छन् ।

Sandip Australia

लामिछानेले विश्व क्रिकेट लिग डिभिजनको नेपालमैं भएको खेलमा नामबियाविरुद्ध खेलेका थिए । लामिछानेले नेपालको तर्फबाट लिस्ट एबाट चार खेल्दै चार विकेट लिएका छन् ।