१ कात्तिक, मेलबर्न ।

अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली विद्यार्थी युवतीमाथि यौनजन्य आक्रमण गरेको भन्दै स्थानीय युवकलाई प्रहरीले मुद्धा चलाएको छ ।

रोक्दा रोक्दै प्रचण्ड सरकारमा मन्त्री हुने भए यी नेता

अष्ट्रेलियाली सञ्चार माध्यमका अनुसार नाम सार्वजनिक नगरिएकी ती १९ वर्षीय नेपाली युवती भिक्टोरियामा बस्दै आएकी छिन् ।

australia-victoria-police

भिक्टोरिया प्रहरीले यौनजन्य आक्रमणको अभियोगमा पक्राउ परेका ती २३ वर्षीय युवक आफै पनि विदेशी विद्यार्थी रहेको जनाएको छ । ती युवकमाथि त्यहाँको यौनजन्य दुर्ब्यवहार तथा वालवालिकामाथिको अत्याचार सम्बन्धि कानून अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

यसरी शुरु भएको थियो विद्या भण्डारीकी छोरीको लभ स्टोरी

ती युवकलाई प्रहरीले बलात्कार, यौनजन्य आक्रमण सहितका अन्य अभियोग पनि लगाएको छ । यौनजन्य आक्रमणमा परेकी ती युवती ७ महिना अघि मात्र अष्ट्रेलिया पुगेको बताइएको छ ।

प्रचण्ड पुत्रको स्ट्याटसले भारतमा समेत हंगामाः भारतीय विदेशमन्त्रालय बोल्यो

अभियुक्तलाई २१ अक्टोबरमा मेलबर्न मेजिष्ट्रेट अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । भिक्टोरिया नेपाली समाजले यस्ता अपराधको मुखदर्शक बनेर नबस्ने चेतावनी दिएको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले विद्यार्थीकोरुपमा आएकी चेलीले सोंच्दै नसोंचेको घटना ब्यहोर्नु परेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।