२७ कात्तिक, क्यानबेरा ।

अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोम टर्नबुलको विभिन्न देशको दश दिने भ्रमण बिहीबार देखि सुरु भएको छ ।

उनले इन्डोनेसिया, जर्मनी, टर्की, मलेसिया र फिलिपिन्सको भ्रमण गर्ने बताइएको छ । उनी बिहीबारै सो भ्रमणका लागि क्यानबेरबाट प्रस्थान गरेका छन ।

australian pm malcolm

उनले टर्कीमा हुन लागेको जि२० को सम्मेलनमा पनि सहभागीता जनाउने छन । सो सम्मेलन आर्थिक एजेन्डामा नै केन्द्रित हुने भनिएको छ ।

उनी अष्ट्रेलियाको प्रधानमन्त्रीका रुपमा केही महिना अघि मात्र निर्वाचित भएपछि उनको यो पहिलो पटक यतिलामो विदेश भ्रमण तय भएको हो ।