२ माघ, महोत्तरी ।
तराई मधेश आन्दोलनको समयमा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई हत्या गरेको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले जलेश्वर नगरपालिका तीनका संजय कुमार साह, दुईका प्रदीप साह माझी र परिकौली फुल्हट्टा तीनका मोहन ठाकुरलाई पक्राऊ गरेको छ ।

tham bdr BK

पक्राउ परेकाहरुका हरुलाई जिल्ला प्रहरी कार्यालय महोतरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई पक्राऊ गरी जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद लिई उनीहरुमाथि कर्तव्य ज्यान र आगजनी मुद्दा चलाईएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

प्रहरीले असई थमनबहादुर हत्या काण्डमा संलग्न अन्यको खोजी भैरहेको जनाएको छ । तराई मधेश आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गत भदौ २५ गते महोत्तरी गाविसको सनुखरा ९ स्थित सडकमा जलेश्वर अस्पतालको एम्बुलेन्स जलाएका थिए भने असई विकलाई एम्बुलेन्स जलेको ठाउँबाट १ किलोमिटर पूर्वको धान खेतमा हत्या गरेका थिए ।