३० चैत, गोरखाबजार ।

एकीकृत नेकपा (माओवादी) नेता डा बाबुराम भट्टराईले असहमतिका बुँदामा बृहत् छलफल गरेपछि मात्रै संविधान जारी गर्नुपर्ने बताएका छन ।

गोरखाको छेवेटारस्थित तारा उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सवलाई आज सम्बोधन गर्दै उनले सत्तापक्ष दलले दुई तिहाई र बहुमतको धम्की देखाएको भन्दै असहमतिका बीच जारी गरिएको संविधानले देशको हित नगर्ने बताए ।

Baburam Bhattarai speaking

“असहमतिका बुँदाबारे गम्भीर भएर छलफल गरौँ’ भट्टराईले भने, “मलाई विश्वास छ, सहमति जुट्छ, संविधान जारी गर्न सकिन्छ ।”

बृहत् शान्ति सम्झौतादेखि नै सहमतिको आधारमा अघि बढिएको स्मरण गर्दै भट्टराईले संविधान निर्माण पनि बहुमतीय आधारमा गर्न नहुने तर्क डा भट्टराईको छ ।