१२ आसर, काठमाडौं ।

असार १४ गते हुन स्थानीय तह दोस्रो चरणको निर्वाचनमा रिपोटिङका लागि विशेष पासको व्यवस्था नहुने भएको छ ।

पहिलो चरणको चुनावको रिपोटिङ गर्न विशेष पासको व्यवस्था गरेको आयोगले दोस्रो चरणमा भने सूचना विभागले उपलब्ध गराएको पासका आधारमा नै समाचार संकलन गर्न पाइने जनाएको छ ।

आयोगले आज विज्ञप्ती निकालेर सबै सञ्चार माध्यामका पत्रकार÷फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचय पत्रको आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार संकलन गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

स्थानीय तहको मतदान र मतगणनाका दिन भने सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार संकलन, छायांकन र तस्बिर दिन सकिने व्यवस्था आयोगले गरेको छ ।