अमिरको फिल्म ‘गजिनी’ बाट बलिउडमा पाइला टेकेकी अभिनेत्री अासिनको विवाह जनवरी १९ को दिन माइक्रोम्यास कम्पनीका सह-संस्थापक ‘राहुल शर्मा’ संग भयो।

२ वर्ष अघि देखि प्रेममा रहेको यो जोडीको विवाह नयाँ दिल्लीको चर्चिल लक्जरी होटेल ‘दुसित देवरान’मा हिन्दु र क्रिश्चियनको रीतिरिवाजसंगै सम्पन्न भएको थियो।Asim and Tina Munim and Anil Ambani

पछिल्लो समय बलिउडका नायिका धमाधम व्यावसायिसंग सम्बन्ध गाँस्दै छन्। आसिन झैँ बलिउडका ईशा देवल, दिया मिर्जा लगायतका नायिकाको सम्बन्ध पनि बिजनेसम्यानसंगै जोडिएको थियो। को को थिए बिजनेसम्यान संग विवाह गर्ने बलिउड नायिका:

१. टीना मुनिम ‌- अनिल अम्बानी

Tina Munim and Anil Ambaniसञ्जय दत्तको ‘रकी’ (१९८१) चलचित्रबाट आफ्नो करियर सुरु गरेकी ‘टीना मुनिम’ र सञ्जर दत्त बीचको सम्बन्धले एकताका निकै चर्चा बटुलेको थियो। त्यसपश्चात टीनाको नाम राजेश खन्नासँग जोडियो। सन् १९८७ मा टीना र राजेशको पनि अलग भए। करीब ५ वर्ष पछि १९९२ मा टीनाले उध्योगपति ‘अनिल अम्बानी’सँग प्रेमविवाह गरिन्। अहिले टीना र अनिलको २ वटा छोरा छन्।

२. दीया मिर्जा – साहिल सिंघा

Dia Mirza and Sahil Singhaदीया मिर्जाले २०१४ मा आफ्नो लामो समयको प्रेमी साहिल सिंघासँग विवाह गरिन। साहिल सिंघालाई बलिउडको निर्देशक र सह-निर्माताको रूपमा चिनिने गरिन्छ। त्यतिबेला उनले ‘लभ, ब्रेकअप जिन्दगी’ चलचित्रको निर्माण गरेका थिए र ‘सलाम-ए-इस्क’मा पनि असिस्टेण्ट डिरेक्टर’को रूपमा पनि काम गरेका थिए। हाल, दीया र साहिलले ‘बर्न फ्री इन्टरटेनमेन्ट’ नामको निर्माण कम्पनी चलाउने गर्छन्।

३. ईशा देवल – भरत तख्तानी

Esha Deol and Bharat Takhtaniधर्मेन्द्र र हेमा मालिनीकी छोरी ईशा देवलको पहिलो बलिउड चलचित्र ‘कोई मेरे दिनसे पुछे’ थियो। फिल्मी करिअर त्यति राम्रो हुन नसकेको ईशाको जीवन भने व्यवसायीसंग कसिलो भयो। सन् २०१२ मा उनले मुम्बईका बिजनेसम्यान ‘भरत तख्तानी’सँग विवाह गरिन्।

४. अमृता अरोरा – शकील लडक

Amrita Arora and Shakeel Ladak२००२ को चलचित्र ‘कितने दूर, कितने पास’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री अमृता अरोराले २००९ मा बिजनेसम्यान ‘शकील लडक’सँग विवाह गरेकी थिइन्। उनीहरूका २ वटा छोरा (अजान र रेयान) छन्।

५. शिल्पा शेट्टी – राज कुन्द्रा

Shilpa Shetti and Raj Kundraसन् १९९३ मा अक्षय कुमारको ‘बाजिगर’ चलचित्रबाट आफ्नो फिल्मी करियर सुरुवात गरेकी नायिका ‘शिल्पा शेट्टी’को नाम त्यतिबेला अक्षय कुमारसँगै जोडिएको थियो।

अक्षय कुमारका ७ गर्लफ्रेन्डः हरेक गर्लफ्रेन्डसंग इन्गेजमेन्ट

अक्षयसँगको ब्रेकअप पछि केहि वर्षसम्म शिल्पा एक्लै बसिन। २००७ मा ब्रिटिस रियालिटी शो ‘बिग ब्रदर’ जितेपछि उनको भेट लण्डनका बिजनेसम्यान ‘राज कुन्द्रा’सँग भएको थियो। करीब २ वर्षसम्मको प्रेम सम्बन्ध पनि उनीहरूले २००९ नोभेम्बरमा विवाह गरेका थिए।

६. आयशा टाकिया – फरहान आजमी

Ayesha Takia and Farhan Aajmi‘टार्जन- द वण्डर कार’ अभिनेत्री आयशा टाकियाले २००९ मा आफ्नो ब्वाइफ्रेण्ड बिजनेसम्यान फरहान आजमीसँग विवाह गरिन्। आयशाको विवाह मुस्लिम रीतिरिवाजबाट भएको थियो। समाजवादी पार्टीका नेता अबु आजमीका छोरा फरहानले एक रेष्टुरेण्ट चलाउँछन्।

७. जुही चावला – जय मेहता

Juhi Chawla and Jay Mehtaसन् १९८४ मा मिस इण्डिया बनेकी जुही चावलाको धेरै चलचित्रहरू सुपरहिट भएका छन्। १९९७ मा उनले भारतीय मूलका ब्रिटिस बिजनेसम्यान ‘जय मेहता’सँग विवाह गर्ने कुराको खुलासाले सबैलाई अचम्ममा पारेकी थिइन्। यी दुईको उमेरमा निकै अन्तर भएकाले यो जोडीको विवाहले विशेष चर्चा पाएको थियो।

८. रबिना टण्डन – अनिल थडानी

Raveena Tandan and Anil Thadani

२००३ को ‘स्टप्ड’ चलचित्रको सुटिङ्गको क्रममा रबिना टण्डन र फिल्म डिस्ट्रीब्यूटर ‘अनिल थडानी’को प्रेम सम्बन्ध गाँस्सिएको थियो। अनिलले पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद गरेपछि यो जोडीले इन्गेजमेण्ट गरेका थिए। पछि, २००४ मा उनीहरूले उदयपूरको ‘जग मन्दिर प्यालेस’मा विवाह पनि गरे। हाल, उनीहरूको एउटा छोरी र छोरा छन्।

यो पनि पढ्नुस्।

हलिउड र बलिउडका बुढी तरुणी १० नायिका

सन् २०१५ का सर्वाधिक सफल बलिउडका १० नायिका

बलिउडका १० अविवाहित नायिका

बलिउडका १८ कलाकार: उमरे एकै भएपनि सफलता फरक

बलिउड हल्लाएका ८ पोष्टर (फोटो फिचर)

बलिउडका ८ अग्ला सुन्दरीहरु (फोटो फिचर)