१० असार, काठमाडौं ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले प्रदेश नम्बर २ को तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गर्नेगरि अहिले तयारी भैरहेको बताएका छन् ।

उनले भने, ‘प्रदेश नबरको २ को निर्वाचन अघि नै संविधान संशोधन गर्ने गृहकार्यमा सरकार जुटेको छ, र राजपालाई पनि असोज २ गते हुने तेस्रो चरणको चुनावमा सहभागी गराइन्छ ।’

रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै मन्त्री मन्सुरले संविधानको दायरालाई फराकिलो बनाउने काममा वर्तमान सरकार गम्भिर भएर लागिपरेको बताए । उनले भने, ‘यसको लागि संंविधान संशोधनका कामहरू अघि बढिरहेको छन् मलाई विश्वास छ, तेस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन हुन्छ ।’

मन्त्री मन्सुरले सम्पूर्ण नेपालीहरुको अपनत्व हुनेगरि संविधानको दायरा फराकिलो बनाउने काममा वर्तमान सरकार लागेको बताए । अब संविधान संशोधनमार्फत असन्तुष्टहरुको माँग सम्बोधन छिट्टै हुने मन्त्री मन्सुरको भनाइ छ ।

मन्त्री मन्सुरले आगामी माघ ७ गतेभन्दा पहिले नै तीनवटै निकायको निर्वाचन गर्नेगरि काम अघि बढेको समेत जिकिर गरे । उनले भने, ‘हाम्रोसामु तीनवटै निर्वाचन गर्नुपर्ने बाध्यता छ, हामी त्यसैको आधारमा अघि बढिरहेका छौं ।