“आहा! नास्पती!”

-कुशल श्रेष्ठ

पहिले पनि ह्याङ्गओभर हटाउने उपायहरूको बारेमा वैज्ञानिकहरूले चासो नदेखाएका हैनन्। रातभरी मस्त नसामा रमाइलो गरिन्छ तर बिहान उठ्दा त्यो आलश्यता, अनि त्यो टाउको दुखाईले फेरी कहिल्यै पनि नपिउने वाचा समेत गराउँछ। तर अस्ट्रेलीयाको एक विज्ञान संस्था ‘सिरो’ (CSIRO) ले मानव इतिहासकै सबैभन्दा उपयोगी उपचार पत्ता लगाएका छन्- ह्याङ्गओभर उपचार!hangover remve-how

वैज्ञानिकहरूले ‘हर्टिकल्चर इनोभेसन अस्ट्रेलीया’ (Horticulture Innovation Australia) सँग मिलेर रसीलो फलफूल ‘नास्पती’को लुकेको फाइदाहरूको बारेमा अनुसन्धान गरिरहेका थिए। स्पष्ट रूपमा भन्नुपर्दा नास्पतीले कोलेस्ट्रोललाई पनि घटाउँछ, कब्जियतबाट राहत दिन्छ र जलन भएको ठाउँलाई पनि शीतल प्रदान गर्दछ।

तर सबैभन्दा ठूलो लाभलाई हेर्दा नास्पतीले ह्याङ्गओभरलाई हटाउनुको साथसाथै रगतमा भएका अल्कोहल लेभललाई पनि घटाउँदछ।

प्रमुख अनुसन्धानकर्ता ‘म्यानी नोक्स’ भन्छन्, “नास्पतीले अल्कोहललाई पचाउने , अल्कोहल र अल्डिहाइड (Aldehyde) लाई निर्जलीकरण गर्ने मुख्य प्रणालीमा प्रतिक्रिया गर्दछ। यसले काम गर्नको लागि तपाईँहरूले कम्तीमा २२० मिलीलिटर नास्पतीको जुस पिउनुपर्ने हुन्छ, अथवा २ वटा नास्पती खानुपर्ने हुन्छ। हामीले गरेको अनुसन्धानका अनुसार ह्याङ्गओभरबाट हुने १४ वटा समस्याहरूलाई नास्पतीले ठीक गरेको पाइएको छ।”like naspati

तथापी यसले काम गर्नको लागि भने हामीले मध्यपान गर्नुभन्दा अगाडि नै नास्पती खानुपर्ने हुन्छ।

“यदि रक्सीभन्दा अगाडि नास्पती खाएको छ भने मात्रे यसले काम गर्दछ। रक्सी खाइसकेपछि ह्याङ्गओभर हटाउनको लागि नास्पती खाएर यसले काम गरेको अझसम्म पाइएको छैन। र सम्झिनुहोस्, ह्याङ्गओभर नल्याउने राम्रो उपाय भनेको नपिउनु नै हो।”- नोक्सले भने।

यो अनुसन्धान केवल एक अभ्यास मात्रै हो, जसको पूर्ण नतिजा निस्कन बाँकी नै छ। र नोक्स र उनको समूहले भने नास्पती र यसको स्वास्थ्यसम्बन्धी फाइदाहरूको बारेमा विस्तृत समीक्षा निकाल्ने आशा गरेका छन्।

यो पनि हेर्नुहोस्-

ह्याङ्गओभर हटाउने ११ उपायहरू!!